काठमाडौं ३१ गते
हिन्दुहरूका भगवान् श्रीराम भारतमा नभई नेपालमै जन्मिएका थिए भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति विवादमा परेको छ।

प्रधानमन्त्री ओलीको उक्त भनाइको सत्तारूढ दल, प्रतिपक्षी नेताहरू र नागरिकले पनि विरोध गरेका छन्।नेपाली काग्रेसका नेता गगन थापाले पनि अव खड्गप्रसाद ओलीलाई प्रमबाट बिदा गर्नोस् भन्ने जस्ता प्रतिक्रिया दिएका छन ।
गगन थापाकाेे अभिव्यक्ति जस्ताकाे तस्तै :-

प्रधानमन्त्रीज्यूको अभिव्यक्तिमा प्रतिक्रिया देख्दा धेरैले”जे पनि बोल्ने”प्रमको पुरानै प्रवृत्ति हो र यो पनि उट्पट्याङ शैलीबाट आएको क्षणिक आवेगको रुपमा लिएको पाएँ।मेरो विचारमा-यो नेकपाको आन्तरिक किचलोमा प्रमले आफ्नो कुर्ची जोगाउन योजनावद्ध ढङ्गले उठाएको अस्त्र र राजनीतिक स्टन्ट हो।प्रधानमन्त्रीलाई राम्रोसंग थाहा छ;यस्तो अभिव्यक्ति दिँदा भारतबाट विविध प्रतिक्रिया आउँछ। त्यसका आधारमा देशभित्र उत्पन्न परिस्थितिको जगमा आफुलाई’कथित राष्ट्रवादी’बनाउने र पार्टीभित्रको विद्रोह थाम्ने कडीका रुपमा नै केपी ओलीबाट संवेदनशील विषयमा यस्ता असंगत अभिव्यक्ति आएको हो।यसले केपी ओली सत्ता स्वार्थका लागि जुनसुकै प्रपञ्च रच्न तयार रहेको प्रष्ट पार्छ।आफ्नो लागि राष्ट्रिय स्वार्थ समेत दाउमा राख्ने,प्रमको अराजनीतिक टिप्पणीको भार बोक्न स्वाभिमानी नेपाली अभिशप्त छैनौँ।यसलाई हल्का रुपमा नलिऔं।यस्ता योजनावद्ध राजनीतिक प्रपञ्चलाई पुरा हुन नदिऔं।प्रधानमन्त्रीज्यूले देशभित्र र बाहिर उत्तेजना ल्याउने नियतले अन्टसन्ट बोल्नुभएको हो।प्रत्युत्पादक भएपछि परराष्ट्रको वक्तव्य आयो।कुर्सी जोगाउन जे पनि बोल्ने र गर्ने प्रमबाट न देश सुरक्षित छ न लोकतन्त्र!नेकपाका साथीहरू!राजनीतिक होइन भनेर नपन्छिनोस,अव खड्गप्रसाद ओलीलाई प्रमबाट बिदा गर्नोस्।