प्रतिबन्धित लागुऔषध सहित १ जना पक्राउ
असाेज२२ ,सुनसरी
सुनसरी भोक्राहा नरसिंह-६ बस्ने १९ बर्षीय उमर हुसेन प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका छन ।
विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले को २७ प ८८९७ नम्बरको मोटरसाईकलमा आएका हुसेनलाइ आज विहान ११ बजे नरसिंह-५ स्थित राजमार्ग एरियाबाट नियन्त्रणमा लिईएको थियो ।
नियन्त्रण पश्चात चेकजाँच गर्दा हुसेनले लुकाई छिपाई ल्याएको DIAZEPAM INJECTION-१५० एम्पुल , LUPIGESI-१५० एम्पुल , Phenergan-१५१ एम्पुल र SPASMO-PROXYVON plus-३८४ क्याप्सुल फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
उनि उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।
- गाेपाल तिमल्सिनाकाे “के भाे के भाे ” गाईजात्रा
- मदरल्याण्डका खड्का राष्ट्रिय शिक्षा सेवा सम्मानद्वारा सम्मानित
- रोशी खोलाले बगाउँदा एक पुरुष र एक भैँसी बेपत्ता
- काभ्रेमा दिवंगत गुरुहरुलाई सम्झदै गुरु पुर्णिमा सम्पन्न
- प्रज्ञा फिल्मसकाे व्यानरमा टेलिचलचित्र माया