प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीको सम्बोधन [LIVE]

  •   काठमाडौं
  •   १ भाद्र २०७६, आईतवार
  •   त्रिबेणी
0Shares

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्‌को प्रतिनिधिसभालाई सम्बोधन गर्दैछन्। आइतबार ११ बजेबाट सुरु भएको प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले विभिन्न विषयमा आफ्ना भनाइहरु राख्दैछन्।
प्रतिनिधिसभामा केही समयदेखि सरकारलाई लक्ष्य गरेर उठाइएका सवालमाथि उनले जवाफ दिने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। उनले भने, ‘समसामयिक विषयका साथै संसद्‌मा सरकारका विषयमा उठाइएका सवालको जवाफ उहाँले दिनुहुनेछ।’
युरोप भ्रमणपछि प्रधानमन्त्री ओलीले संसद्‌मा सम्बोधन गर्न खोज्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टीले रोष्ट्रम घेरेका थिए। सर्लाहीमा इन्काउन्टर गरिएका विप्लव समूहका नेता कुमार पौडेलका विषयमा संसदीय समितिको माग गर्दै संसद् अवरुद्ध गरिएको थियो।
उक्त विषयमा कुरा मिलेपछि संसद् सुचारु भएको थियो। प्रधानमन्त्रीले अन्य विषयका साथै विदेश भ्रमण, सिंगापुर पुगेर गरिएको उपचारलगायतका विषयमा पनि संसद्‌लाई जानकारी गराउने बुझिएको छ।
भिडियोः

(फाइल तस्बिर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *