
पाँचथरमा गोली हानेर प्रेमिकाको हत्या गर्ने काठमाडौँबाट पक्राउ
काठमाडौं । पाँचथरमा प्रेमिकालाई गोली हानेर हत्या गरेपछि भागेका युवालाई प्रहरीले १० वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको छाँगे–१ घर भएका कुमुकहाङ लिम्बु आङबुहाङ छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौँसँगको टोलीले काठमाडौंको मुलपानीबाट गएराति उनलाई पक्रेको हो ।
हत्या आरोपीलाई मुलपानीबाट पक्राउ गरेर पाँचथर
पठाउन लागिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले खबर न्युज नेपाल लाई बताए ।
०६७ मा पाँचथरको एक होटलमा कुमुकहाङले सामान्य विवाद हुँदा प्रेमिकालाई गोली हानेको थिए । टाउकोमा गोली लागेर प्रेमिका ढलेपछि भागेका उनी काठमाडौँमा लुकिछिपी बसेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
लाहुरेको छनोट परीक्षामा सहभागी भएर ताप्लेजुङ फर्कंदा कुमुकहाङ प्रेमिकासँग पाँचथर स्थित एक होटलमा बसेका थिए ।
- दुई हप्ताकाे तालिमले नेपाली ब्राे बने अन्तर्राष्ट्रिय रेस्लिङ विजयी
- अन्तर्राष्ट्रिय कल वाईपास (VOIP)मा संलग्न २ जना पक्राउ
- सागर शर्माकाे नयाँ लोक कोसेली ‘लम्जुङ्ग भोटेवोडार’ बोलको गीत सार्वजनिक (भिडियाे सहित)
- कोरोना संक्रमण विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्की,सामुदायिक प्रहरी सेवा केन्द्र र समन्वय समितिकाे आयोजनामा जनचेतनामुलक कार्यक्रम
- प्रहरी हवल्दार तथा जवान लक्षित सिपविकास “House Wiring” तालिम सम्पन्न