पर्यटन बाेर्डकाे “जुम बैठकमा” एक्कासि पाेर्न भिडियाे आएपछि……….

  •   काभ्रे
  •   ८ असार २०७७, सोमबार
  •   खबर न्युज नेपाल
0Shares

काठमाडौं


नेपाल पर्यटन बोर्डले कोरोनापछिको पर्यटकीय गतिविधि सञ्चालनका लागि तयार पारेको प्रोटोकलसम्बन्धी छलफल गर्न सोमबार ‘जुम मिटिङ’ आयोजना गरेको थियो।


पर्यटन उद्योगलाई कोरोना भाइरसको महामारीबाट उकास्न पर्यटन बोर्डले सोमबार ल्याएको पर्यटन क्षेत्र सञ्चालनसम्बन्धी मापदण्ड ‘कोभिड–१९ अपरेसनल गाइडलाइन विथ हेल्थ प्रोटोकल फर टुरिजम सेक्टर’ सार्वजनिक कार्यक्रममा २५९ जनाकाे सहभागिता रहेकाे थियाे


जुमको माध्यमबाट दिउँसो १ बजे आयोजना गरिएको उक्त मिटिङमा पर्यटन बोर्डका सीईओ डा. धनञ्जय रेग्मी, वरिष्ठ निर्देशक नन्दिनी लाहे थापा, पर्यटन बोर्ड सञ्चालक समिति सदस्य दीपक महत, पर्यटन व्यवसायी कर्ण शाक्य, पर्यटन सचिव केदारबहादुर अधिकारीले पछिल्लो परिस्थितिबारे मन्तव्य दिइसकेपछि अन्तिम वक्ता थिए, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले  आफ्नो धारणा राखिरहेका बेला जुमको इन्टरफेसमा एक्कासि एक मिनेटकाे पोर्न भिडियाे तथा पोर्न भिडियाे आउने साइट सेयर भयो।
त्यसलगत्तै मन्त्रीले बोल्न छाडे र मिटिङ आयोजक पर्यटन बोर्डले सेसन अन्त्य गर्‍यो
दुईसयजना बढी सहभागी उक्त मिटिङमा कुन अकाउन्टबाट कसरी भिडियाे सेयर भयो भन्ने विषयमा छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बोर्डलाई निर्देशन दिइसकेको छ।बोर्डका अध्यक्ष तथा मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले बोर्डलाई छानबिन गर्न निर्देशन दिइएको जानकारी दिए।’हामीले त्यसबारे छानबिन गरी रिपोर्ट गर्नका लागि बोर्डलाई निर्देशन दिइसकेका छौं।


बोर्डका सीईओ रेग्मीले यो नियोजित भएको बताए । उनले पछिल्लोपटक बोर्डले दर्जनौं बैठक जूमबाट गरेको जनाउँदै सोमबारको बैठकमा सुरुदेखि नै ह्याकरले बीचबीचमा समस्या सिर्जना गरिरहेको बताए । घटनाबारे बोर्डले क्षमायाचना गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *