- १५ बुँदे घाेषणापत्र सहित वज्राचार्य टिमकाे उम्मेद्वारी
- उद्योग वाणिज्य संघ ललितपुरकाे अधिवेशनमा बज्राचार्य प्यानलकाे उम्मेदवारी घाेषणा
- लागु औषध चरेश सहित १ जना पक्राउ /डडेल्धुरा
- गेष्टहाउस सञ्चालिका देहव्यापारकाे आरोपमा पक्राउ
- ललिता निवास प्रकरण :-१७ जनालाई धरौटीमा र १जनालाई साधारण तारेखमा छोड्न आदेश

महानगरीय प्रहरी प्रभाग तिलिङगेटारको
नयां निर्मित भबन तिलिङगेटार भबन निर्माण समितिले प्रहरीलाई हस्तान्तरण गरी उक्त भबन टोखा नगरपालिका प्रमुख (मेयर ) प्रकाश अधिकारी महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक अशोक सिंहले संयुक्त रुपमा उत्घाटन भएको थियो ।
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बसुन्धारा स्थित टोखा नगरपालिका प्रमुख (मेयर ) प्रकाश अधिकारीको प्रमुख आथित्यता महानगरीय प्रहरी परिसर टेकुका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक अशोक सिंह ज्यू को बिशिष्ट आथित्यता , चक्रपथ सरसफाई अभियानका संयोजक लोकजंङ टन्डन ज्यू र महानगरिय प्रहरी बृत्त महाराजगंजका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक रोशन खड्काको बिशेष उपस्थितिमा प्रहरी वृत्त महाराजगन्ज कार्यालयको मतहत महानगरीय प्रहरी प्रभाग तिलिङगेटारको नवनिर्मित भबन तिलिङगेटार भबन निर्माण समितिले प्रहरीलाई हस्तान्तरण गरी उक्त भबन गरीएको छ ।
भवन उदघाटन पश्चात कार्यक्रममा बोल्दै प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले समाजमा हुने जुनसुकै अपराधजन्य प्रवृत्ति र कर्मलाई उच्च मनोबल र दृढ इच्छा शक्तिकासाथ समाजबाट उन्मूलन गर्न नेपाल प्रहरी दृढ रहेको बताउनु भएको छ । सिंहले नागरिकको सुरक्षा र सेवा प्रवाहको लागि नवनिर्मित भवनले कार्यरत प्रहरी कर्मचारीहरुमा थप हौसला प्राप्त भएको उल्लेख गर्नुभयो । नेपालको समृद्धि र नागरिकको समुन्नत भविष्यका लागि सबै सरोकारवाला निकायहरु एकतावद्ध हुनुपर्ने विचार उहाँले व्यक्त गर्नुभयो ।
प्रहरी वरिष्ठ उपरीक्षक सिंहले शान्ति सुरक्षा र समुन्नतिमा अवरोध गर्ने जुनसुकै तत्व, शक्ति वा समूहको गतिविधिहरुलाई निर्ममतापूर्वक कारवाही गरी निस्तेज गर्न उपस्थित प्रहरी अधिकृतहरुलाई निर्देशन समेत दिनुभयो । कुनै आवरणमा रही हुने गरेका गुण्डागर्दी, मानव बेचबिखन तथा ओसारपसार, प्राकृतिक श्रोत साधनको दोहन, पर्यावरणीय विनाश र अवैध तस्करी जस्ता अपराधिक कर्मविरुद्ध सशक्त रुपमा कारवाही अगाडि बढाउनुपर्ने उहाँले बताउनुभयो । आम नागरिकको साथ, सहयोग र सहकार्यमा जुनसुकै अपराध कर्मको संजाल छिन्न-भिन्न पार्दै अपराधीलाई कानूनी कारवाहीको दायरामा ल्याउन प्रहरी दृढ रहेको अशोक सिंहले बताउनुभयो ।
आम नागरिकको आशा र भरोसाको केन्द्रको रुपमा रहेको नेपाल प्रहरीको पवित्र उद्देश्य नि:स्वार्थ राष्ट्र र नागरिकको सेवा रहेको चर्चा गर्दै उहाँले यस पवित्र मन्दिरमा बसी छद्म भेषमा कोही कसैलाई अपवित्र काम, आवरण र व्यवहार गर्न छुट नरहने र त्यस्ता गलत तत्वहरुलाई संगठनबाट निर्मूल पार्न दृढ रहेको बताउनुभयो ।
कार्यक्रममा टोखा नगरपालिका प्रमुख (मेयर ) प्रकाश अधिकारी शुभकामना मन्तव्य व्यक्त गर्दै आफ्नु क्षेत्रमा देखिएका चुनौती तथा समस्याहरु समाधानको लागि नगरपालिकाले प्रहरीसँग सदैव समन्वय र हातेमालो गर्दै आगाडि बढेको बताउनुभयो । नयाँ भवन हस्तान्तरण भएसँगै आगामी दिनमा त्यसको उचित मर्मत सम्भारमा समेत आवश्यक ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । आधुनिकिकरणसँगै प्रहरीप्रति आमनागरिकको अपेक्षा बढेको उल्लेख गर्दै नेपाल प्रहरीलाई थप चुस्तदुरुस्त बनाउन समग्र पुर्वाधारमा सशक्तिकरण गर्नेतर्फ सबैको पहल आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा प्रहरी प्रहरी कर्मचारीहरु जिल्लास्थित स्थानीय सुरक्षा निकायका प्रमुखहरु, स्थानीय तहका प्रतिनिधिहरु, स्थानीय संचारकर्मीहरु, समाजसेवी, बुद्धिजिबी, भद्रभलादमी लगायतको उपस्थिति रहेको थियो ।