नेता गणेश लामा पक्राउ , अविलम्ब रिहाकाे माग गर्दै काभ्रे कांग्रेसकाे विज्ञप्ति

  •   काभ्रे
  •   २७ जेष्ठ २०७८, बिहीबार
  •   खबर न्युज नेपाल
0Shares

नेपाली कांग्रेसका नेता गणेश लामालाई बिहीबार साझ   पाेखरा लेकसाईटबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौंबाट पोखरा पुगेका लामा लेकसाइडको खहरेस्थित  पोखरा बुटिकमा बसेका थिए।

साझ पाेखरा बुटिकबाट  क्याटवाक रेस्टुरेन्ट पुगेका बेला प्रहरीले साेधबुझका लागि भन्दै नियन्त्रणमा लिएको  कास्कीका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिनुभयाे ।

गण्डकी प्रदेशका निवर्तमान युवा तथा खेलकुद मन्त्री दीपक मनाङ्गेलाई भेट्न पुगेको भन्दै सोधपुछका लागि नेता लामालाई पक्राउ गरिएको सुन्नमा अाएकाे हाे । उनलाई विना सर्त रिहा गर्न माग गर्दै काँग्रेस नेता कार्यकर्ताले सरकारको आलोचना गरेका छन् ।

आज पाेखराका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वसको मत लिने भएपछि बिहानैबाट मनाङ्गे सम्पर्कविहीन बनेका थिए । उनले त्यसअघि मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने बताएका थिए । तर, उनी बिहीबारको मतदानमै सहभागी भएनन् ।

मनाङ्गेलाई गणेश लामाले विपक्षमा मतदान गर्न फोर्स गरेको बुझिएको छ । लामा र मनाङ्गेबीच बुधबार साँझ लेकसाइडको एक होटलमा भेट भएको प्रहरीको भनाइ छ । सो भेटपछि नै मनाङ्गेले विपक्षमा मतदान गर्ने धारणा बनाएका थिए ।

सोही बिषयमा सोधपुछका लागि कांग्रेस नेता लामालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । अहिले लामालाई इलाका प्रहरी कार्यालय बैदाममा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले बताए ।

कांग्रेस नेता गणेश पक्राउ परेपछि सरकारको विरोध सुरू भएको छ । नेता लामा काभ्रेको संघीय निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा १ ‘ख’ मा नेपाली कांग्रेसबाट उम्मेदवार थिए । उनी एमालेका चन्द्र लामासँग थोरै मतान्तरले पराजित भएका थिए।

गण्डकी प्रदेशमा मनाङे निर्णायक शक्ति बनेका छन् । उनले कृष्णचन्द्र नेपालीलाई समर्थन गरेमा मुख्यमन्त्री बन्न सक्छन् । कुल ६० जना प्रदेश सभा सांसद रहेको गण्डकीमा बहुमतका लागि ३१ मत चाहिन्छ । मनाङेले कृष्णचन्द्र नेपालीको पक्ष लिए ३१ मत पुग्छ । उनलाई ३० सांसदको समर्थन छ ।

नेकपा एमालेको २७, नेपाली काँग्रेसको १५, माओवादी केन्द्रको सभामुखसहित १२, जसपाको २, राष्ट्रिय जनमोर्चाको ३ र स्वतन्त्र १ सांसद छन् । कृष्णचन्द्र नेपालीले काँग्रेसको १५, माओवादी केन्द्रको ११, जसपाको २, राजमोको २ मत पाउँदा ३० मात्र पुग्छ ।

दिपक मनाङे पक्षमा आए नेपालीले बहुमत पाउनेछन् । उनलाई मिलाउन गणेश लामा पोखरा पुगेको बुझिएको छ । मनाङेलाई फेरि मन्त्री बनाउने गरी नेपालीलाई साथ दिने सहमति निर्माण गर्न खोजिएको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

विज्ञप्ति

नेता लामालाई प्रहरिले नियन्त्रणमा लिएकाे प्रति आपत्ति जनाऊदै नेपाली कांग्रेस काभ्रेले प्रेस विज्ञप्ती जारी गरेकाे छ । पार्टि सभापति मधु प्रसाद आचार्यले जारि गरेकाे विज्ञप्तिमा नेता लामाकाे अविलम्ब रिहाकाे माग गरिएकाे छ । रिहा नभए आन्दाेलनमा उत्रने जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *