निशुल्क औषधि वितरण गदै मुक्ति बिष्ट /काभ्रेपलाञ्चोक,

  •   काभ्रे
  •   २५ बैशाख २०७८, शनिबार
  •   खबर न्युज नेपाल
0Shares

निशुल्क औषधि वितरण गदै मुक्ति बिष्ट काभ्रेपलाञ्चोक,

नेपालमा कोरोना भाइरसको दोस्रो लहर प्रवेश गरेको छ ।
दोस्रो लहर प्रवेश गर्न साथ धेरै मानिसहरको ज्यान जान थालेको छ । बिज्ञहरुले पनि पहिलाको भाइरस भन्दा अहिलेको निकै खतरनाक भएको बताएका छन् । यसरी दास्रो लहर प्रवेश गर्न साथ नेपाल सरकारले स्थानिय तहलाई अवस्था हेरेर लकडाउन गर्न आदेश दिएको छ ।

यहि आदेश अनुसार काठमाण्डौ, भक्तपुर र ललितपुर तिन जिल्ला प्रशासनले पहिला एक हप्ता लकडाउन गर्योै त्यस पछि संक्रमितको संख्यामा कमि नआएपछि अर्को एक हप्ता थप गरेको छ ।

कोरोना संक्रमितको संख्या अत्याधिक बढन थाले पछि बिहाना बेलुका काम गरेर खानेहरु रोगले भन्दा भोक्ले मर्ने लागेको बताउछन् । उता संक्रमितहरु लाई पनि अक्सिजनको अभाव हस्पिटलमा ठाँउ नभए पछि धेरै मानिसको मुत्यृ हुन थालेको छ । यिनै कुराहरु लाई मध्यानजर गदै समाजसेवी युवानेता तथा गुर्जो अभियान्ता मुक्ति बिष्टले गुर्जो क्यामपियन कार्यक्रम फेरी सुरु गरेका छन् । सम्पुर्ण कोभिड बिरामीहरुको उच्च मनोबल बनाउन, कोभिडलाई जित्न प्रायस्थ गर्नें मुल उदेश्यका साथ अभियान जारी रेहेको मुक्ती बिष्टले बताउनु भयो ।

कोरोना संक्रमितको संख्या बढदै गएपछि उनले फेरी पनि ति कोरोना संक्रमितहरुलाई गुर्जो वितरण गरेका छन् । उनले यो भन्दा पहिला पनि राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रिको कार्यालय, बिभिन्न ठाउँमा अहोरात्र खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संञ्चारकर्मी, होम आइसुलेसनमा बसेका संक्रमितहरु, आइसुलेसनमा बसेका संक्रमित जहाँ धेरै कोरोनाको जोखिम छ त्यहाँ गएर गुर्जो वितरण गरेका थिए

यसै कार्यलाई निरन्तरता दिदै शिर मेमोरियल हस्पिटलको कोभिड वार्डमा उपचारत केही बिरामीहरुलाई गुर्जो वितरण र गुर्जो सेवन गर्ने तरिका सिकाएर हस्तान्तरण गर्नु भएको छ । यसरी बिष्टले आफनो ज्यान जोखिम्मा राखेर ति संक्रमितहरु लाई निकै महंगो मुल्यमा किन बेच हुने गुर्जो वितरण गदै आउनु भएको छ । बनेपा नगरपालिकाले संचालनमा ल्याएको पोलिटेक्निकमा रहेको आइसुलेसनमा उपचाररत कोभिड संक्रमित, इलाका प्रहरी कार्यालय बनेपा, हस्पिटलका कर्मचारीहरु, होम आइसुलेसनका संक्रमितहरु लाई आज गुर्जो वितरण गर्नु भएको छ ।

काभ्रेको पनौति नगरपलिका पनि पछिल्लो समयमा धेरै संक्रमित भएको नगरपालिका हो । त्यहाँ संक्रमित भएकाहरु लाई पनि निशुल्क गुर्जो वितरण गरिएको छ । हरिशरण, सुर्यवसी, कान्छा प्रधान, सबिन ताम्राकार, राजन लगाएतका ब्यक्तीहरुलाई गुर्जो सेवन गर्ने तरिका सहित निशुल्क गुर्जो वितरण गरिएको गुर्जो क्यापियन मुक्ति बिष्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो कोभिड १९ संक्रमित ब्यक्तिहरुको सेवा गर्न पाउदा आफुलाई निकै खुसी मिल्ने, उनीहरुको आत्मा बिस्वास बढाउने काम गर्न पाउदा मात्रै नभइ उहाँ हरुको रोग लाई निर्मुल पार्न आ आफ्नो ठाउँबाट सकेको सहयोग गर्ने अपिल गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *