धुलिखेलका मेयर व्याञ्जुले चलाएकाे गाडिकाे ठक्करबाट वडा अध्यक्ष घाईते

  •   काभ्रे
  •   १० बैशाख २०७९, शनिबार
  •   खबर न्युज नेपाल
0Shares

धुलिखेलका मेयर व्याञ्जुले चलाएकाे गाडिकाे ठक्करबाट वडा अध्यक्ष घाईते

काभ्रेकाे धुलिखेल नगरपालिकाका नगर प्रमुख अशाेक कुमर व्याञ्जुले चलाएकाे गाडिकाे ठक्करबाट काठमाडौं जिल्ला शंखरापुर नगरपालिका वडा नं २ का वडा अध्यक्ष जीवन लामा घाईते भएका छन् ।ठक्करबाट घाईते वडा अध्यक्ष लामाकाे काठमाडौं मेडिकल कलेजमा उपचार भैरहेकाे छ।

बनेपाबाट धुलिखेल जाँदै गरेका नगर प्रमुख व्याजुले चलाएकाे बा ७ च ६२५४ नं काे गाडिले धुलिखेलाट बनेपा जांद‌ै गरेकाे बा २ प ६४०१ नं काे सरकारी माेटर साईकललाई धुलिखेल स्थित मिरावल चाेकमा ठक्कर दिएकाे प्रहरिले जनाएकाे छ।

नगर प्रमुख व्याञ्जुले आफ्नाे साईड छाेडेर अर्काे साईडमा गएर ठक्कर दिएकाे बुझ्नमा आएकाे छ। घाईतेकाे उपचारमा धुलिखेल अस्पतालले रेस्पाेन्स नगरेकाे कारण काठमाडौं उपचारका लागि गएकाे वडा अध्यक्ष लामाले बताए ।थप अनुसन्धानकाे लागि मेयर र वडा अध्यक्षकाे सवारि साधन जिल्ला प्रहरी कार्यालयकाे नियन्त्रणमा रहेकाे प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *