दोलखा भीमेश्वर मन्दिरको शिलामा दुईपटक पसिना आयाे,अनिष्टकाे संकेत

  •   काभ्रे
  •   ९ मंसिर २०७७, मंगलवार
  •   खबर न्युज नेपाल
0Shares

चरिकोट, ९ मंसिर ।
दोलखास्थित भीमेश्वर मन्दिरको शिलामा पसिना आएको छ । आज दिउँसो दुईपटक पसिना आएपछि घुइँचो लागेको थियो ।
पहिलोपटक एक घन्टा भन्दा बढी पसिना आएको र पछि दोहोर्याएर पनि पसिना आएको स्थानीयले जानकारी दिए ।

मन्दिरमा पसिना आएपछि जिल्ला प्रशासन कार्यालय दोलखाका अधिकारी, सुरक्षा अधिकारीहरु मन्दिर पुगेका थिए । उनीहरुले पनि मन्दिरको दर्शन गरेका थिए ।

फाेटाे फाईल :-दाेलखा भिमेश्वर मन्दिर परिसर काेराेना महामारिकाे अवस्थामा बन्दाबन्दी

पछिल्लोपटक दोलखा भीमसेनलाई २०७४ सालमा दुईपटक पसिना आएको थियो । १९९०, २००७, २०२८ र २०७० सालमा दोलखा भीमसेनलाई पसिना आएको बताइन्छ ।

कोरोना भाइरसको कारण मन्दिर बन्द छ । तर, पसिना आएपछि पूजारीले खबर गरेका थिए । शिलाको पसिना पुछ्न प्रयोग भएको कपास लिनेको घुइँचो लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *