काभ्रे, वेथानचोक

काेराेनाकाे महामारीबाट साबधानी अपनाउन धुन मिल्ने कपडाको माक्स गाउँपालिका प्रमुख प्रेम बहादुर तिमल्सीना लाई हस्तान्तरण गरिएको छ।
नेसफिल्ड कलेज र माेलिस कलेज ललितपुरको सहयोगमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि भगवान अधिकारीकाे समन्वयमा काभ्रेकाे बेथानचाेक र बल्थलीमा एक कार्यक्रमका बिच उक्त माक्स हस्तान्तरण गरिएको थियो । बेथानचाेकको ६ वटै वडामा पुर्याउने हेतुले हस्तान्तरण गरीएको उक्त कार्यक्रममा बेथानचोक गाउँपालिका अध्यक्ष ,वडा अध्यक्षहरू सोम प्रसाद घिमिरे,भगवान घिमिरे ,दिलबहादुर श्रेष्ठ को उपस्थिति थियो भने वडा नं ४ का वडा अध्यक्ष लालबहादुर श्रेष्ठ लाई भने वडा कार्यालयमा नै हस्तान्तरण गरिएको थियो। सोही अवसरमा नेपाली कांग्रेस वेथानचोक पार्टी सभापति कृष्ण बहादुर पाख्रिन,समाजसेवी हरि प्रसाद अधिकारी लगायतको उपस्थित रहेकाे थियाे ।बल्थलीका दुग्ध कृषकलाई पनि वडा अध्यक्ष तारा मान लामा,पार्टी अध्यक्ष चेतनाथ भारती ,पुर्व सभापति सुर्य प्रसाद पराजुली,सन्जु पराजुली लगायतका नेताज्युहरु मार्फत माक्स बितरण गरिएकाे हाे । माक्सको लागि सहयोग गर्नु हुने अरुण केसी (नेस्फिल्ड कलेज , प्रमुख ) ज्ञानेन्द्र पराजुली (मोलिस कलेज ,नेस्फिल्ड कलेज )ललितपुर सहित सन्जिब बानियाँ लाई गाउँपालिका प्रमुख ज्यु र पनौती नगरका वडा नं ११ का वडा अध्यक्ष ज्यु ले हार्दिक धन्यवाद व्यक्त गर्नु भएको थियो।