
मनसुनसंगै अाएकाे बाढीका कारण नेपाल चिन सिमा क्षेत्रमा रहेकाे टिनग्रि कन्टि(tingri county) काे राेङ्छा (Rongxia )शहर आसपासमा भारी वर्षा अाएसंगै पहिराे अाएर नदीकाे प्रवाह राेकिएकाले तामाकाेसि नदि बढेर बाढी समेत जाने सक्ने सम्भावना रहेकाे जिल्ला प्रशासन कार्यालय दाेलखाले जनाएकाे छ ।

तामाकोसी नदिकाे बहाव बढेर बाढी जानसक्ने सम्भावनालाई मध्यनजर गर्दै उपर तामाकाेसि हाईड्राेपावर प्राेजेक्ट आसपास ,लामबगर ,सिंगटी बजार क्षेत्र आसपास बसाेबास गर्नुहुने सबै जनसमुदायलाई सुरक्षीत रहन माईकिङ गरि अपिल गरिएकाे ईलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरिक्षक सुशील केसिले बताउनु भयाे ।
चिनियाँ प्राविधिक टाेलीसंगकाे सहकार्यमा दाेलाखालाई बाढीकाे जाेखिमबाट बचाउनकाे लागि पहिराेले थुनिएकाे नदिलाई पानीकाे बहावकाे मापन गर्दै खाेल्ने कार्य समेत भएकाे स्राेतले बताएकाे छ ।तामाकाेसी ड्यामलाई समेत सुकाएर उक्त क्षेत्रबाट अाउने पानीकाे बहावलाई न्युनिकरण गर्ने कार्य भएकाे खबर प्राप्त भएकाे छ।
भिडियाे यहाँ हेर्नुहाेस :-
याे पनि पढ्नुहाेस:-
छाँगामा अड्किएका १२ पुरूष र १० महिलाकाे उद्धार
चीनको स्वाशासित क्षेत्र तिब्बतसंग जोडिएको दोलखाको बिगु गाउँपालिका १ लप्ची क्षेत्रबाट लामाबगर फर्किदै गरेका २२ जना नागरिकलाई नेपाली सेना र प्रहरीले उद्धार गरेको छ ।
माथिल्लो तामाकोशी जलबिद्युत आयोजना ड्याम साईटको माथिल्लो भागमा आउने छाँगोबाट तर्न नसकेपछि डोरी लगाएर १२ जना पुरुष १० जना महिलाको उद्धार गरेको ईलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरिक्षक सुशील केसीले बताउनु भयाे ।