तस्करीमा सशस्त्र प्रहरी बलका बिओपीका निरीक्षकको सेटिङ

  •   काभ्रे
  •   २० पुष २०७७, सोमबार
  •   खबर न्युज नेपाल
0Shares

बिओपीका निरीक्षकको सेटिङ

रघुनाथपुर,खयरवनी सम्सी,पोखरवृन्दाबाट नाकाबाट तस्करी
महोत्तरी।

महोत्तरीका विभिन्न नाकाबाट अहिले तस्करी व्यापक मात्रामा चलिरहेको छ। तस्करीमा सशस्त्र प्रहरी बलका बिओपीका प्रहरी निरीक्षकहरूको संलग्नता देखिएको छ। महोत्तरीको खयरवनी , सम्सी,पोखरवृन्दा, रघुनाथपुर क्षेत्रबाट रातको समयमा तस्करी भैरहेको छ। राति १२ बजेदेखि ४ बजेको समयमा स्थानीय खोलाबाट तस्करी हुदै आएको स्थानीयहरू बताउँछन् । दैनिक जसो १५ वटा मोटरसाईकल मार्फत कपडाको ठूलो तस्करी हुने गरेको स्थानीयको भनाइ छ। सिमा र चोरी तस्करीको नियन्त्रण गर्ने मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलको रघुनाथपुर बिओपीका प्रहरी निरीक्षक सूर्यबहादुर भण्डारीले नै तस्करी गराउन र तस्करीको लाइन दिएका छन् । यस बिओपीमा जानू भन्दा पहिले भण्डारी सितापुर भांगा भन्ने सुरक्षा बेशमा कार्यरत थिए। त्यसपछि गणमा आएका उनी अहिले नयाँ स्थापना गरिएको रघुनाथपुर बिओपीमा पुगेका हुन । डिआइजी चन्द्रप्रकाश गौतम तस्करी नियन्त्रणमा सक्रिय रहेको भनिरहेको बेला बाहिनी भएको जिल्लाकै नाकाबाट सशस्त्रकै संरक्षणमा तस्करी भैरहेको छ। खयरवनी नाकाबाट तस्करी भएका सामानहरू सबै गौशाला बजार आउछ। यी नाकाबाट तस्करीको मुख्य काम गर्नेमा कालिया र राजा मुख्य तस्कर हुन । उनीहरू साझेदार समेत हुन । उनीहरूले दैनिक पचास लाख भन्दा बढीको कपडा र हाडवेयरका सामानहरू प्रहरीको सेटिङमा तस्करी गरि गौशाला ल्याउने गरिरहेका छन् । रघुनाथपुर नाकाबाट तस्करीको लाइन पाउनेमा बसु पटेल , महेश यादव , राजेश यादव , आलम, नथुनी , मोती मुसलमान र आलम मुख्य छन् । उनीहरूले नाकाबाट कपडा , हाडवेयर , रांगा र खसीबोकाको तस्करी गर्दछन। सशस्त्रका निरीक्षक भण्डारीले उनीहरूलाई तस्करीको लाइन दिएका छन् । रघुनाथपुरबाट तस्करीको लाइन पाउनेमा गौशालाका शंकर महतो पनि मुख्य छन् । यसैबीच महोत्तरी स्थित सशस्त्रको ९ नम्बर गणबाट विवादास्पद प्रहरी निरीक्षक सुरेश झाको कमाण्डमा घुमुवा टोली परिचालन गरिएको छ।जबकि डिआइजी चन्द्रप्रकाश गौतमले घुमुवा वन्देज भनी अभियान चलाएपनि एसपी सुरेश सापकोटाले निरीक्षक झाको कमान्डमा सिपाही अन्जनी झाको घुमुवा टोली परिचालन गरिएको छ।निरीक्षक झा राजु अर्याल डिआइजी हुदा पनि घुमुवा टोलीको कमान्डर नै थिए। त्यतिबेला पनि उनी धेरै विवादमा परेका थिए। केही महिना मात्र जागिर बांकी रहेका निरीक्षक झालाई फेरि एसपी सापकोटाले किन घुमुवा कमान्डर बनाए भन्ने प्रश्न उठेको छ, जबकि सापकोटा तस्करी नियन्त्रण गर्ने एसपीका रूपमा चिनिन्छन। तर अहिले झाको घुमुवा कमान्डरको निर्णयले उनी विवादमा परेका छन् । सिपाही अन्जनी झा यसअघि तस्करीको नाकाका रूपमा चिनिएको खयरबनी बिओपीको घुमुवा थिए।
एसपी सुरेश सापकोटाले अहिलेसम्म तस्करीको कुनै लाइन नदिएको र तस्करीको सामानहरू धमाधम पक्राउ गरिरहेका छन् । तर खुला सिमाना भएको कारण एसपी सापकोटाले सधैं सीमावर्ती क्षेत्रमा पुगेर तस्करीको सामान पक्राउ गरिरहन संभव पनि हुदैन । त्यसैले पनि बिओपीका निरीक्षकहरूले आफ्नो क्षेत्रबाट तस्करी धन्दा चलाई रहेका छन् ।
एसपीले पनि घुष नखाने , तस्कर नभेट्ने र डिआइजीले जिल्लामा परिचालित बाहिनीका घुमुवाहरू तानेपछि महोत्तरीका बिओपीका निरीक्षकहरूलाई खुलेयाम तस्करी गराएर रकम असुल्ने मौका मिलेको छ।
अहिले महोत्तरीमा सात वटा बिओपीहरू रहेका छन् । सबैभन्दा बढी तस्करी हुने नाका सम्सी हो । सम्सी बिओपीमा सशस्त्र प्रहरी निरीक्षक गणेश न्यौपाने रहेका छन् ।
जिल्लाको सम्सी , खयरवनी र रघुनाथपुर नाकाबाट तस्करी भएका सामानहरू सबै गौशाला बजार आउछ। यी नाकाबाट तस्करीको मुख्य काम गर्नेमा कालिया र राजा मुख्य तस्कर हुन । उनीहरू साझेदार समेत हुन । उनीहरूले दैनिक पचास लाख भन्दा बढीको कपडा र हाडवेयरका सामानहरू प्रहरीको सेटिङमा तस्करी गरि गौशाला ल्याउने गरिरहेका छन् ।
सम्सीमा सशस्त्रको गणेश निरीक्षक छन् भने खयरवनीमा सुजन गोले र रघुनाथपुरमा सुर्य बहादुर भण्डारी सशस्त्र प्रहरी निरीक्षक रहेका छन् । यी निरीक्षकहरूले तस्करीको लाइन दिएर तस्करबाट आंफै रकम लिने गरेको समेत उजागर भएको छ।
यसबाहेक रघुनाथपुर र,खयरवनी नाकाबाट तस्करीको लाइन पाउनेमा बसु पटेल , महेश यादव , राजेश यादव , आलम, नथुनी , मोती मुसलमान र आलम मुख्य छन् ।उनीहरूले नाकाबाट कपडा , हाडवेयर , रांगा र खसीबोकाको तस्करी गर्दछन। सशस्त्रका निरीक्षकहरूले उनीहरूलाई तस्करीको लाइन दिएका छन् ।
त्यसैगरी सम्सी , पोखरवृन्दाबाट तस्करीको लाइन पाउनेमा दिलीप यादव मुख्य छन् । मनरा र भिट्टामोडबाट तस्करीको लाइन पाउनेहरूमा लालबाबु यादव, अरूण सरिफूल मियाँ दिनेश , सुरेश , मिठ्ठु विपिन , विनोद , बहुआली भन्ने महिला र कवाडीका डन मनोज साह मुख्य छन् ।
सम्सी र रघुनाथपुरबाट तस्करीको लाइन पाउनेमा गौशालाका शंकर महतो पनि मुख्य छन् । सशस्त्रको महोत्तरीका बिओपीहरूमा भिट्टामोडमा बिर्ख शाही , मनरामा सन्तोष थापा , सम्सीमा गणेश न्यौपाने , रघुनाथपुरमा सुर्य बहादुर भण्डारी , खयरवनीमा सुजन गोले र पोखरवृन्दामा गोविन्द गिरी निरीक्षक छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *