
डम्बर कुमारी-गणेश कोइराला प्रतिष्ठानले नेपाल सांस्कृतिक संस्थान ,राष्ट्रिय नाचघर काठमाडौको सभाकक्षमा चार वटा आख्यान पुरस्कार प्रदान गरेको छ ।
दुई चरणमा बाँडिएको कार्यक्रममा पहिलो चरणमा डम्बर कुमारी र गणेश कोइराला (माता पिता प्रतिष्ठान अध्यक्ष तथा कार्यक्रम सभापति मन्दिरा मधुश्री) को ६८ औँ विवाह उत्सवको सम्झनास्वरूप स्वयम्वर शैलीमा उहाँहरू दुबैले एक अर्कालाई दुवोको माला सिन्दूर पोते लाउने र औँठी साटासाट गर्ने कार्य भयो ।
कार्यक्रमको दोश्रो चरणमा प्रमुख अतिथि तथा नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति जगमान गुरुङबाट आख्यानकार गीता केशरी, परशु प्रधान, वेञ्जु शर्मा र डा. ध्रुवचन्द्र गौतमलाई पुरस्कार र प्रमाणपत्र हस्तान्तरण भएकाे थियाे । आयोजकको तर्फबाट मन्दिरा मधुश्रीबाट पुरस्कृत आख्यानकारहरूलाई दूबोको माला लगाइएको थियो ।
पुरस्कार दिने व्यक्ति र संस्था चोखो छ भने त्यो सहर्ष स्विकार्दै आएको छु रुद्राक्षको माला भए पनि पुग्छ पुरस्कृत श्रष्टाको हैसियतमा डा. ध्रुवचन्द्र गौतमले बताउनु भयो। अर्को सम्मानित र पुरस्कृत साहित्यकार डा वेञ्जु शर्माले आजको यो फरक शैलीको कार्यक्रममा आफू सम्मानित र पुरस्कृत हुन पाएकोमा खुसी लागेको छ। डम्बर कुमारी गणेश कोइरालाको बिवाह उत्सव सहित पुरस्कार कार्यक्रम नौलो भएको र बेहुला बेहुलीको झल्को दिने यो कार्यक्रम नौलो लागेको बताउनु भयो।
कृष्णमोहन कोइरालाले स्वागत मन्तव्य राखेका थिए भने त्यस्तै नारी जागरणको युग आएको छ छोराहरूले गर्नु पर्ने काम छोरीबाट हुन थालेको छ ।मन्दिराको आर्थिक हैसियत जे जस्तो भए पनि उनलेे ठूलो काम गरेकी छिन् । शास्त्रमा पनि मातृदेवो भव:, पितृदेवो भव: भनिएको छ। यहाँ पनि डम्बर कुमारी गणेश कोइराला भएको हुँदा यो नामाकरण पनि उल्टो होइन सुल्टो नै भएको प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले व्यक्त गर्नु भयाे ।
कवि गीतकार तथा पूर्व मन्त्री एस्पी कोइरालाबाट सभालाई सम्बोधन भएको थियो । वरिष्ठ कथाकार ,आख्यान विभाग प्रमुख प्राज्ञ माया ठकुरीले मन्दिरा मधुश्री लेखनका साथै जन्म दिने आमा बाबुको नाममा पुरस्कार स्थापना गरेर राम्रो कार्यको थालनी गरेको र बेला बेलामा मैले सल्लाह दिने गरेको कुरा आफ्नो मन्तव्य राख्नुभयो ।
तुलसीहरि कोइरालाले कार्यक्रम सञ्चालन गरेका थिए भने साहित्यकारहरू हिरण्य कुमारी पाठक, लव गाउँले, पवन आलोक, दिव्य गिरी, रवि प्राञ्जल, निशा के.सी., शान्ति शर्मा, बाबा न्यौपाने, गोविन्द मानसिँह कार्की, कुमार कोइराला, मुरारि सिग्देल, श्रीओम श्रेष्ठ रोदन , प्रकाश घायल, जय छाङ्छा राई, विनोद नेपाल, रेणुका भट्टराई, गोकुल अधिकारीलगायत अन्य अतिथिहरूको उपस्थिति थियो ।
मन्दिरा मधुश्रीबाट प्राप्त समाचार