ट्राफिक प्रहरीले काठमाडौंमा नि:शुल्क मास्क वितरण सुरू गरेकाे छ ट्राफिक प्रहरी प्रमुख जनक भट्टराई

  •   काभ्रे
  •   २२ श्रावण २०७८, शुक्रबार
  •   खबर न्युज नेपाल
0Shares

तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत ट्राफिक प्रहरीले काठमाडौंमा नि:शुल्क मास्क वितरण गरेको ट्राफिक प्रहरी प्रमुख जनक भट्टराई जानकारी दिनुभयो ।

कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि ट्राफिक प्रहरी द्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा धेरै मानिसलाई नि:शुल्क मास्क वितरण गरिएको छ ।

नयाँ भेरियन्ट सहितको कोभिड-१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *