जेठाजुको कुटाईबाट घाईते ,बुहारीकाे मृ्त्यु,जेठाजु प्रहरी नियन्त्रणमा

  •   काभ्रे
  •   ४ श्रावण २०७७, आईतवार
  •   खबर न्युज नेपाल
0Shares

काभ्रे श्रावण ४ गते

जेठाजुको कुटाईबाट घाईते भई घर छाडेर माईत जाने क्रममा बुहारीको निधन भएको भन्दै माईती पक्षले दिएको जाहेरीका आधारमा जेठाजु पक्राउ परेका छन् ।
काभ्रेपलाञ्चाेक जिल्लाकाे खानीखानीखाेला गाउँपालीका वडा नं २ का हिरालाल ब्लाेनकाे छाेरी २१ वर्ष कि राेशनी ब्लाेन महाभारत गाउँपालिका वडा नं १ धाप स्थित घरमा असार १८ गते निर्घात कुटपिट भएकाे थियाे ।१८ गते निर्धात कुटपिट पछि १९ गते बिहान अन्दाजी ४:४५ बजे खानीखाेला गाउपालीका  वडा नं २ माईत जान्छु भनी जादा खानीखाेला वडा नं ५ तालढुंगामा पुग्दा  बेहाेस भएकाेमा स्थानियले देखि झाेलामा भएकाे  स्वास्थ्यचाैकिकाे नियमित  जाँच कार्डमा भएकाे माेवाईल नम्बरकाे अाधारमा साेधखाेज गर्दा हरिबहादुर  माेक्तानकाे श्रीमती भन्ने पत्ता लगाई खबर गरेकाे स्थानियले बताएका छन ।
बाटोमा अचेत भई ढलेको अवस्थामा फेला पारेर स्थानीय स्वास्थ्य चौकी पुर्‍याउँदा उपचार नसकी उनको निधन भएको आफन्तले जनाएका छन् । महाभारत गाउँपालिका वडा नम्वर १ धाप घर भएकी २१ बर्षिया रोशनी ब्लोन गर्भवती हुनुहुन्थ्यो । २० दिन अघि परिवारीक अंशबण्डा भई भुकम्प पछि निर्माण भएको घरमा दुई परिवार बस्दै आएका थिए । श्रीमान हरिबहादुर मोक्तान काठमाडौ आए लगत्तै रोशनीलाई जेठाजु दलबहादुर मोक्तान र जेठानी राजकुमारी मोक्तानले कुटपिट गरेको अभियोगमा उल्लेख गरिएको छ ।

‘जेठानी र जेठाजुले एउटै घरमा बसिरहेको अवस्थामा श्रीमान नभएको मौका छोपी असार १८ गते निर्धात कुटपिट गरेछन् । कुटपिट सहन नसकी खानिखोला गाउँपालिका वडा नम्वर २ स्थित माईती घरमा जाने क्रममा  ताल्ढुंगामा बेहास भएर ढलेको देखे पछि स्थानीयले स्वास्थ्य चौकी ताल्ढुङ्गा पुर्याएका रहेछन’–अभियोगमा पत्रमा भनिएको छ – ‘उनको झोलामा रहेको कागजपत्रका आधारमा आफन्त घर र माईती तर्फका दुबै पक्षहरुलाई खवर गर्दा चासो नदिएको, थप उपचारका लागि अस्पताल लैजाने कुरामा घर पक्षकाले अस्विकार गरेको उल्लेख छ । बेहोस भएर ढलेको भनिएकी रोशनीको गर्भमा बच्चा रहेको, बोल्न नसक्ने, शरिरभरी निलडाम देखेकाले सदरमुकाममा पठाउन भनिएको थियो ।’ तत्काल सदरमुकाम ल्याउने अवस्था नभएका कारण उनको उपचार नै नपाई निधन भएको बताईएको छ । विकट क्षेत्र डाडाँपारीको यो नै पहिलो भने होईन । सडक सहज नहुँदा त्यस क्षेत्रका नागरिकहरुको असामयिक निधन हुने गरेको छ ।

रोशनीको शवलाई परिक्षणका लागि बनेपा ल्याईएको थियो । शव परिक्षणका क्रममा रोशनीकाे शरिरमा रहेका तीन ओटा करङ भाँचिएको, फोक्सोमा रगत जमेको, घाँटीको हड्डी भाँचीएको र शरिरको बिभिन्न भागमा गहिरो भित्री चोटहरु देखिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रवक्ता डिएस्पी कुमार विक्रम थापाका अनुसार रोशनीका आफन्तले मृत्युमा परिवारका सदस्यहरु मध्ये जेठाजु दलबहादुर मोक्तान प्रति आशंका छ भनि दिएको किटानी जाहेरी तथा तत्कालका प्रमाणहरुका आधारमा नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताउनु भयो । ‘रोशनीको निधन कुटपिटबाट हो वा आफै लडेका कारण भएको हो भन्न सकिने अवस्था छैन’–डिएस्पी कुमार विक्रम थापाले भन्नुभयो–‘शव परिक्षणका क्रममा करङ भाँचिएकाे, फोक्सोमा रगत जमेको, घाँटीको हड्डी भाँचीएको र शरिरका बिभिन्न भागमा चोटहरु भएकाले भन्न सकिदैन । जेठाजुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *