काठमाडौं । चिनी उद्योगी राकेश अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ ।

अग्रवाललाई त्रिपुरेश्वरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए । पश्चिम नवलपरासीमा इन्दिरा सुगर मिल र सर्लाहीमा अन्नपूर्ण सुगर एण्ड जनरल इन्डष्ट्रिज चिनी उद्योग राकेशको स्वामित्वमा छ ।
- १५ बुँदे घाेषणापत्र सहित वज्राचार्य टिमकाे उम्मेद्वारी
- उद्योग वाणिज्य संघ ललितपुरकाे अधिवेशनमा बज्राचार्य प्यानलकाे उम्मेदवारी घाेषणा
- लागु औषध चरेश सहित १ जना पक्राउ /डडेल्धुरा
- गेष्टहाउस सञ्चालिका देहव्यापारकाे आरोपमा पक्राउ
- ललिता निवास प्रकरण :-१७ जनालाई धरौटीमा र १जनालाई साधारण तारेखमा छोड्न आदेश
उनीविरुद्ध पश्चिम नवलपरासी र सर्लाही जिल्ला अदालतबाट ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । राकेशको स्वामित्वमा रहेको इन्दिरा सुगर मिल नवलपरासीको प्रतापपुरमा छ । अन्नपूर्ण सुगर एण्ड जनरल इन्डष्ट्रिज सर्लाही जिल्लामा छ । त्रिपुरेश्वरस्थित घरबाट पक्राउ गरिएका उनलाई आवश्यक कारवाहीका लागि जिप्रका सर्लाही पठाउने एसएसपी सिंहले बताए ।