
प्रहरीले दोर्दी गाउँपालिका वडा नं. ६ सिमीका ३४ बर्षीय मनराज गुरुङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । गुुरुङले चितुवा मारेर छाला तथा हड्डी समेतको तस्कर गर्दै आइरहेको भन्ने विशेष सूचनाको आधारमा पक्राउ गरेको लमजुङ प्रमुख प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार केही सातादेखि प्रहरी टोली नै ग्राहक बनी पक्राउ गर्ने योजना बनाएको थियो । योजना अनुसार चैत ९ गते सोमबार राति ९ बजेको समयमा सिमी गाउँबाटै पक्राउ गरेको उपरीक्षक गंगाबहादुर थापाले बताउनुभयो
।
सादा पोषाकमा गएको टोलीले मनराजसंग चितुवाको छाला र हड्डी किन्न खोजेको र उनले ३५ हजार रुपैयाँमा विक्री गर्ने बताएपछि छाला र हड्डी बोकाएर ल्याउँदै गर्दा पोषाक लगाएका प्रहरीको फन्दामा परेको हो ।
डिभिजन वन कार्यालय लमजुङले युवासहित भेटिएको चितुवाको छाला रहेको पुष्टि गरेको छ । सहायक वन अधिकृत राजकुमार श्रेष्ठले प्रहरी कार्यालयबाट पक्राउ गरेका मनराजसहित बयस्क चितुवाको छाला र २ किलो ९० ग्राम हड्डी प्राप्त भएको र जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरेर थप अनुसन्धान थालिएको बताउनुभयो ।
चितुवाको छाला र हड्डीसहित फेला पारी पक्राउ गरिएका मनराजलाई आवश्यक कारबाहीका लागि र थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय लमजुङमा पठाएको नायव उपरीक्षक थापाले बताउनु भयाे।
- १५ बुँदे घाेषणापत्र सहित वज्राचार्य टिमकाे उम्मेद्वारी
- उद्योग वाणिज्य संघ ललितपुरकाे अधिवेशनमा बज्राचार्य प्यानलकाे उम्मेदवारी घाेषणा
- लागु औषध चरेश सहित १ जना पक्राउ /डडेल्धुरा
- गेष्टहाउस सञ्चालिका देहव्यापारकाे आरोपमा पक्राउ
- ललिता निवास प्रकरण :-१७ जनालाई धरौटीमा र १जनालाई साधारण तारेखमा छोड्न आदेश