
गुडविल सहकारी संस्थाका अध्यक्ष दिवाकर श्रेष्ठ पक्राउ ७९ कराेड ८९ लाख ६४ हजार ५सय २० रूपैयाकाे हिनाविना
ललितपुर कुमारीपाटी स्थित गुडविल बचत तथा ऋण सहकारी संस्था लि.का संचालक दिवाकर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेकाे छ ।
श्रेष्ठ लगायत संस्थाका अन्य पदाधिकारीहरु समेतको संलग्नतामा सर्बसाधारण व्यक्तीहरुलाई आफनो संस्थामा रकम जम्मा गरेमा बढी व्याज दिलाई दिने भनि आश्वासन देखाई बिश्वास दिलाई संस्थामा रकम जम्मा गर्न लगाई हाल आएर सो संस्थाले रकम करिब रू ७९ कराेड ८९ लाख ६४ हजार ५सय २० ( उनासी करोड उनानब्बे लाख चौसठी हजार पाँचसय बिस) ठगी गरेको भन्ने किटानी जायरीकाे अाधारमा प्रक्राउ गरिएकाे ललितपुर प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक प्रज्जवल महर्जनले बताउनु भयाे ।
निजहरु बिरुद्ध सहकारी ऐन,२०७४ र ठगी सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान भई रहेकोमा घटनामा संलग्न रही फरार रहेका सो संस्थाका अध्यक्ष ललितपुर गोदावारी नगरपालीका १४ ठैब बस्ने ४१वर्षको दिवाकर श्रेष्ठलाई ललितपुर परिसरबाट खटिएको प्रहरी टोलीले चितवन स्थित भरतपुर १० मा लुकीछिपी बसेको अबस्थामा पक्राउ गरि थप अनुसन्धान कार्य अगाडि बडाईएकाे प्रहरी उपरिक्षक महर्जनले बताउनु भयाे ।
- दुई हप्ताकाे तालिमले नेपाली ब्राे बने अन्तर्राष्ट्रिय रेस्लिङ विजयी
- अन्तर्राष्ट्रिय कल वाईपास (VOIP)मा संलग्न २ जना पक्राउ
- सागर शर्माकाे नयाँ लोक कोसेली ‘लम्जुङ्ग भोटेवोडार’ बोलको गीत सार्वजनिक (भिडियाे सहित)
- कोरोना संक्रमण विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्की,सामुदायिक प्रहरी सेवा केन्द्र र समन्वय समितिकाे आयोजनामा जनचेतनामुलक कार्यक्रम
- प्रहरी हवल्दार तथा जवान लक्षित सिपविकास “House Wiring” तालिम सम्पन्न
सहकारीबाट पिडित भएका व्यक्तीहरुको जाहेरी पर्ने क्रम जारी रहेको हुँदा सो संस्थाबाट ठगीमा पर्नु भएका सर्बसाधारण व्यक्तीहरु उजुरी दिनको लागी महानगरीय प्रहरी परिसर जावलाखेल ललितपुरमा सम्पर्क राख्नु हुन समेत अनुरोध गरीएको छ।