सिन्धुली असाेज ७ गते
ईलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुली दरबन्दी भई ईलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीमै कार्यरत प्रहरी निरीक्षक शान्ता वाईवालाई “महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घाेषित गरिएकाे छ ।

आफ्नो जिम्मेवारी ईमान्दार, कर्तव्यनिष्ठ एवं प्रशंसनीय ढंगवाट निर्वाह गर्दै जिल्ला सिन्धुली तिनपाटन गाउँपालिका वडा न. ८ तिल्पुङडांडा स्थित नजिकै गांउमा छात्रबृत्री बांडिरहेको अबस्थामा रहेको भिमसेन नि.मा.बि.का प्रधानाध्यापक बर्ष ४२ को नारायण भण्डारीलाई अपरिचित १ जना महिला सहित १२ जनाको समुहमा आएको मानिसहरुले नियन्त्रणमा लिई गएको भनि खवर प्राप्त हुन साथ तत्काल प्रहरी चौकि तोश्रामखोला सिन्धुली र प्रमुख निरिक्षक वाईवाकाे कमाण्डमा टोली खटि गई र स्थानिय बासिन्दाले लखेटदै जाने क्रममा नारायण भण्डारीलाई फेला पारेको थियाे ।

नियन्त्रणमा लिई जाने मानिसहरु खोजतास गर्ने क्रममा जिल्ला सिन्धुली तिनपाटन गाउँपालिका वडा नं ८ लायोगाउँको
खानिपाखा जंगलमा खोजतास तथा सर्च गर्ने क्रममा जिल्ला सुनसरी धरान उपमहानगरपालिका वडा नं ६
सिमलचोक बस्ने जोगिन्द्र परियारको २० वर्षकी छाेरी विप्लव समुहको कार्यकर्ता प्रतिमा परियारलाई पक्राउ गरि निजले बोकेको झोला खोली हेर्दा दुई वटा खाली सकेट सहित फेला पारि नियन्त्रणमा लिएको थियाे ।
फरार कार्यकर्ताहरु खोज तलास गर्नेक्रममा मिति २०७७/०५।१४ गते जिल्ला सिन्धुली दुधौली न.पा.१२ ओडारे भन्ने स्थानमा विप्लव समुहको कार्यकर्ता ७ जना पुरुषलाई नियन्त्रणमा लिई ४ थान सुतली बम र ८ वटा जि.आई.पाईप समेत बरामद गर्न सफल भएकोले प्रहरी निरिक्षक.शान्ता वाईवाको सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै यसको निरन्तरताका साथै अन्य प्रहरी कर्मचारीहरु समेतलाई प्रोत्साहित गर्न प्रहरी कार्यालयबाट २०७७ साल “भदौ” महिनाको “महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हाे ।
Ads:

