काभ्रे असाेज ११ गते

काेराना भाईरसबाट मृत्यु भएका काभ्रेपलाञ्चाेक जिल्ला पनाैती ३ कुसादेवि घर भई काठमाडौंकाे सनसिटि अपाटमेन्टमा प्राविधिककाे रूपमा कार्यरत शिवराम सापकाेटाकाे१३ औ पुण्यतिथिकाे अवसरमा सापकाेटाकाे परिवारलाई २ लाख १७ हजार ७ सय ६६ रूपैयाकाे आर्थिक सहयाेग तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएकाे छ ।
नेपाली काग्रेस जिल्ला सभापति मधु आचार्यकाे आतिथ्यतामा चन्द्र ढकालकाे नेतृत्वमा सनसिटि निवासी व्यक्तिहरूबाट संकलित २ लाख १७ हजार ७ सय ६६ रूपैया सनसिटिका कार्यकारी प्रमुख राजेन्द्र बहादुर सिंहकाे उपस्थितिमा परिवारलाई हस्तान्तरण गरिएकाे हाे ।


संकलित रकम सापकाेटाकाे श्रीमती र दुई छाेरालाई पनाैति नगरपालिका वडा नं३ मा रहेकाे उनकै निवासमा गई हस्तान्तरण गरिएकाे चन्द्र ढकालले बताउनु भयाे। ।सम्पुर्ण सनसिटि निवासीकाे तर्फबाट परिवारमा हार्दिक समबेदना तथा स्वर्गीय शिवराम सापकाेटालाई श्रद्धाञ्जली व्यक्त गरिएकाे थियाे ।
कार्यक्रममा पनाैति वडा नं १,२,३ का नेपाली कांग्रेस कार्यकर्ताकाे बाक्लाे उपस्थिति रहेकाे थियाे ।
नेपालमा काेराेना भाईरसकाे कारण अाज सम्म कुल ७३ हजार ३ सय ९४ संक्रमित छन ।५३ हजार ८ सय ९८ काेराेना जितेर घर फर्केका छन भने ४७७ जनाकाे मृत्यु भईसकेकाे छ ।

- ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको नवनिर्मित भवनको महानिरीक्षक थापा क्षेत्रीबाट समुद्घाटन तथा निरिक्षण
- महानिरीक्षक थापा क्षेत्रीबाट नवनिर्मित जिल्ला ट्राफिक प्रहरी कार्यालय भवन समुद्घाटन /रूपन्देही
- महाशाखाले शुरु गर्यो नागरिकमैत्री आचरण व्यबहार सुधार कार्यक्रम
- कलंकीका ट्राफिक प्रहरी निरीक्षक सहित १८ जना ट्राफिक प्रहरी पुरस्कृत
- ढुंखर्कमा ल्होछार सांस्कृतिक कार्यक्रम सम्पन्न
ads
ads

