
काेभिड १९ रोकथाम, न्युनीकरण तथा संक्रामक रोग ऐन २०२० अनुसार कारवाही
विश्वमा महामारीको रुपमा फैलिएको कमेभिड १९ संक्रमण रोकथाम तथा न्युनीकरणको लागि महानगरीय प्रहरी परिसर ललितपुरले निषेधाज्ञा अवज्ञा गर्नेलाई काेभिड १९ रोकथाम, न्युनीकरण तथा संक्रामक रोग ऐन २०२० अनुसार कारवाही अभियान सुरू गरेकाे छ ।

मिति २०७८बैशाख २१ गते बिहान ५:०० बजेदेखी सांझ ५ बजे सम्म महानगरीय प्रहरी परिसर तथा मातहत कार्यालयबाट चार पाङ्ग्रे सवारी जम्मा १४२ तथा दुई पाङ्ग्रे सवारी जम्मा ३७५ वटा गरी जम्मा ५१७ वटा सवारी साधन होल्ड गरीनुका साथै सो समयमा अनावश्यक हिंडडुल गर्ने ४५४ महिला तथा ८४८ पुरुष गरी जम्मा १३०२ जनालाई होल्ड गरी संझाई बुझाई गरी छाडिनुकाे साथै तपाईंको माक्स खोई कार्यक्रम अन्तर्गत आज १९८ जनालाई माक्स बितरण गरिएको महानगरिय परिसर ललितपुरका प्रवक्ता एंव सुचना अधिकारी प्रहरी उपरीक्षक प्रज्वल महर्जनले बताउनु भयाे ।





सो क्रममा जिल्ला प्रशासन कार्यालय ललितपुरबाट जारी गरिएको निषेधाज्ञाको अवज्ञा गरी अटेर गर्ने ७ जनालाई चापागाउं, पुल्चोक र सानेपा क्षेत्रबाट संक्रामक रोग ऐन २०२० अनुसार जरीवाना समेत गरिएको जानकारी दिनुभएको छ।
मिति २०७८ बैशाख २२ गतेबाट जिल्ला प्रशासन कार्यालय ललितपुरबाट जारी गरिएको निषेधाज्ञा आदेशको बर्खिलाप गरी अनावश्यक रुपमा हिंडडुल तथा सवारी साधन चलाउने कार्यलाई थप कडाई गरी संक्रामक रोग ऐन २०२० अनुसार कडा कारबाही गरीने व्यहोरा सम्बन्धीत सबैको जानकारीको लागी अनुरोध गरिएको प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक महर्जनले बताउनु भयाे ।
- १५ बुँदे घाेषणापत्र सहित वज्राचार्य टिमकाे उम्मेद्वारी
- उद्योग वाणिज्य संघ ललितपुरकाे अधिवेशनमा बज्राचार्य प्यानलकाे उम्मेदवारी घाेषणा
- लागु औषध चरेश सहित १ जना पक्राउ /डडेल्धुरा
- गेष्टहाउस सञ्चालिका देहव्यापारकाे आरोपमा पक्राउ
- ललिता निवास प्रकरण :-१७ जनालाई धरौटीमा र १जनालाई साधारण तारेखमा छोड्न आदेश