कार्य सम्पादन सम्झौता कार्यान्वयनको चौमासिक समीक्षा सम्पन्न विराटनगर

  •   काभ्रे
  •   ३ मंसिर २०७७, बुधबार
  •   खबर न्युज नेपाल
0Shares

कार्य सम्पादन सम्झौता कार्यान्वयनको चौमासिक समीक्षा सम्पन्न विराटनगर

१ नम्बर प्रदेश प्रहरी कार्यालयद्धारा आयोजित गरिएको कार्य सम्पादन सम्झौता प्रगती समीक्षा कार्यान्वयनको चौमासिक कार्यक्रम १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र रानीको प्राङगणमा सम्पन्न भएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक-ईश्वर बाबु कार्कीकाे प्रमुख आतिथ्यमा एक दिने उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा संघीय प्रहरी ईकाई कार्यालय धरानका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक-राजेन्द्र प्रसाद चौधरी, प्रदेश ट्राफिक प्रहरी कार्यालय ईटहरी, सशस्त्र प्रहरी गण मुख्यालय रानी, दंगा नियन्त्रण प्रहरी गण दुहबी, जिल्ला प्रहरी कार्यालय झापा,मोरङ,सुनसरी,ईलाम,धनकुटा र उदयपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षकहरु र प्रदेश प्रहरी तालिम केन्द्र रानीका सह समादेशक प्रहरी नायव उपरीक्षकको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा उपस्थित सबै कार्यालय प्रमुखहरूले चार महिनाको आ-आफ्नो कार्य सम्पादनको प्रगती विवरण सहितको प्रस्तुतीकरण गर्नु भएको थियो । साथै सोही अवसरमा प्रहरी नायब महानिरीक्षक-ईश्वर बाबु कार्कीले कार्य सम्पादनको समीक्षा गर्दै देखिएका कमि कमजोरीलाई औल्याउदै सबैले आफ्नो स्थानबाट आत्म समीक्षा गरी जनमानसमा प्रभावकारी ढंगबाट प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भएको थियो ।

निर्देशनकै क्रममा प्रहरी नायब महानिरीक्षक कार्कीले प्रहरी हवल्दार तथा जवान लक्षित उत्प्रेरणा अभिवृद्धि २०७७ लाई अक्षरस पालना गर्न गराउन एवम संगठन प्रमुख प्रहरी महानिरीक्षक ज्युले अवलम्बन गरेका कार्ययोजना र कार्यादेशको अक्षरस पालना गर्दै संगठनको व्यवसायिक हितलाई आत्मसाथ गर्दै कार्य सम्पादन गर्नु पर्नेमा जोड दिनु भएको छ ।

प्रगति समिक्षा कार्यक्रममै संघीय प्रहरी ईकाई कार्यालय धरानका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक-राजेन्द्र प्रसाद चौधरीले अपराध तथ्याङ्क विश्लेषण प्रस्तुति तथा अपराध अनुसन्धानमा देखिएका कमि कमजोरी माथी प्रकाश पार्दै वस्तुनिष्ठ र पारदर्शी अपराध अनुसन्धानमा सबै प्रहरी व्यवसायिक रूपले कर्तव्यनिष्ठ भई काम गर्नु पर्ने बताउनु भएको थियो ।

साथै बाँकी रहेका जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुखहरु संग निकट भविस्यमै भिडियो कन्फ्रेन्स मार्फत कार्य सम्पादन सम्झौता प्रगती समीक्षा सम्बन्धी छलफल गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *