काभ्रेपलाञ्चोकले बिहीबारदेखि जिल्लामा सञ्चालनमा रहेका सार्वजनिक यातायातलाई पूर्णरुपमा रोक

  •   काभ्रे
  •   ५ भाद्र २०७७, शुक्रबार
  •   खबर न्युज नेपाल
foto file
0Shares

भदाै ५ गते शुक्रबार

काभ्रेपलाञ्चोकले बिहीबारदेखि जिल्लामा सञ्चालनमा रहेका सार्वजनिक यातायातलाई पूर्णरुपमा रोक लगाएको छ।

कोरोना भाइरसको सङ्क्रमण दैनिकरुपमा बढ्दै गएको अवस्थालाई ध्यानमा राखेर कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्र काभ्रेपलाञ्चोकले बिहीबारदेखि जिल्लामा सञ्चालनमा रहेका सार्वजनिक यातायातलाई पूर्णरुपमा रोक लगाएको छ।

देशव्यापीरुपमा बढ्दै गएको सङ्क्रमण जिल्लामा पनि दैनिकरुपमा बढ्दै गएकाले यातायातको साधन यही भदौ १० गतेसम्मको लागि बन्द गर्नुपरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए।

जिल्लाका मुख्य बजार क्षेत्र धुलिखेल, पनौती, बनेपा, पाँचखाल र नमोबुद्ध नगरपालिकाका ब\जार क्षेत्रमा अनावश्यकरुपमा मानिसको भीडभाड तथा आवागमन बढ्दै गएको कारण कोरोना सङ्क्रमण कम गर्नका लागि अर्को सूचना जारी नभएसम्म व्यापारव्यवसाय र अन्य खरिद बिक्रीजन्य क्रियाकलापसमेत निश्चित समयमा मात्रै गर्न निर्देशन दिएको छ।

जसमा हरेक बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म सामाजिक दुरी कायम गर्दै स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर सञ्चालन गर्न निर्देशन दिएको छ।

जिल्लामा कोभिड–१९ को सङ्क्रमणका कारण १०३ जना विभिन्न स्थानमा रहेको आइसोलेशनमा राखेर उपचार भईरहेकोमा ३७ जना उपचारपश्चात घर फर्किएका छन् र ६२ जनाको विभिन्न अस्पताल तथा होम आइसोलेशनमा उपचार भईरहेको स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले जानकारी दिए।
जिल्लामा हाल सम्म संघीय प्रहरी १९ र जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३ जना प्रहरी कर्मचारी, बैदेशिक रोजगारबाट फर्किनेहरु मध्ये २५ जना कानुन ब्यवसायी १, स्वास्थ्यकर्मी १६, अस्पतालमा कार्यरत कर्मचारी १, जनप्रतिनिधि १, समुदायमा रहेका अन्य ब्यक्तिहरु ३७ जना गरी १०३ जना ब्यक्तिहरु संक्रमित भएका छन् ।

सङ्क्रमणबाट काभ्रेमा दूई जनाको निधन भईसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *