कानुनको पालनाका क्रममा सबै नागरिकलाई बराबरी व्यवहार गरेकाे छु:-दान बहादुर कार्की

  •   काभ्रे
  •   ८ असार २०७७, सोमबार
  •   खबर न्युज नेपाल
0Shares

असार ८ गते,काठमाडौं


जिल्ला प्रहरी कार्यालय कास्कीबाट हालै सरुवा भई प्रहरी प्रधान कार्यालय जान लागेका एसपी दानबहादुर कार्कीले समग्रमा १ वर्षे जिल्लाको कार्यकालमा आफू सन्तुष्ट रहेको बताएका छन् ।
सोमबार काठमाडौं प्रस्थान गर्नुपूर्व भर्चुअल पत्रकार सम्मेलन आयोजना गरी जिम्मेवारी सम्हालेको अवधिमा भएका मुख्य कामको फेहरिस्त सुनाए ।
केही नयाँ कामको थालनी र अभ्यासले कास्की प्रहरीको प्रमुख भइरहँदा सन्तोषजनक रुपमा काम गरेको उनको भनाई छ । ‘मैले कस्तो गरे भन्ने कुराको मूल्यांकनकर्ता तपाईंहरु (पत्रकार) पनि हो । एक्लै प्रहरी अधिकृतले काम गर्दैन । केन्द्रदेखि स्थानीय निकायसम्मको निर्देशन र समन्वयमा कार्यसम्पादन गरिरहेको हुन्छ,’ उनले भने, ‘कास्कीमा काम गर्दा कसैको दबाब र प्रभावमा काम गरिनँ ।’ कानुनको पालनाका क्रममा सबै नागरिकलाई बराबरी व्यवहार गरेको उनले सुनाए । उनले भने, ‘सामान्यदेखि गन्यमान्यलाई पनि कानुनी दायरा मा ल्याइयो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *