
कोभिड–१९ को दाेस्राे लहर विश्वव्यापी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले बैशाख १६ गते अर्थात अाज बिहान ६ बजेदेखि लागू हुने गरी काठमाडौं ,ललितपुर र भक्तपुर लगायत धेरै जाेखिम रहेकाे ठाउमा निषेधाज्ञा जारिगरेकाे छ ।उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने महानगरीय प्रहरी परिसर टेकु काठमाडौं प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिनु भयो ।

लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन पनि सवैलाई उहाँले आग्रह गर्नु भयो ।
काठमाडौं परिसरकाे मताहतबाट ५६ वटा चेक प्वाइन्ट खडा गरि १६०० भन्दा बढी प्रहरी जनशक्ति निशेधाज्ञा अवधि भर परिचालन भई स्वास्थ मापदण्ड र कन्ट्याक्ट् ट्रेसिङ गर्न समेत प्रष्ट पार्न भयाे ।
सरकारले तपाई हाम्रै सुरक्षाको लागी लकडाउन गरेको हुनाले त्यसलाई कार्यान्वयन गराउन सम्पुर्ण प्रहरीहरू बाहिर रोडमा खटिएकाले प्रहरीले जबरजस्ती गर्नु भन्दा पनि स्वस्फुर्त रूपमा लकडाउनको कार्यान्वयन गरि अत्यावश्यक काम भन्दा बाहेक बाहिर ननिस्कन पनि सबैमा आग्रह गर्नु भयो ।
- अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दोमा पदक हासिल गर्ने खत्रीलाई बेथानचाेकद्वारा ५० हजार पुरस्कार
- जिल्लाका सबै उद्योगी व्यवसायीलाई समेट्न प्यानलसहित चुनावमा होमिएका र्छौं /विश्वराज बज्राचार्य
- १५ बुँदे घाेषणापत्र सहित वज्राचार्य टिमकाे उम्मेद्वारी
- उद्योग वाणिज्य संघ ललितपुरकाे अधिवेशनमा बज्राचार्य प्यानलकाे उम्मेदवारी घाेषणा
- लागु औषध चरेश सहित १ जना पक्राउ /डडेल्धुरा