काठमाडौँ उपत्यकामा जोर विजोर नियममा थप कडाई”

  •   काभ्रे
  •   २३ असार २०७७, मंगलवार
  •   खबर न्युज नेपाल
0Shares

काठमाडौँ उपत्यकामा जोर विजोर नियममा ५६ वटा चेकप्वाईन्टहरू राखि थप कडाई गरिरहेको छ


प्रेस विज्ञप्ति


असार २३, काठमाडौँ । नेपाल सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि गर्दै आएको जोर विजोर प्रणालीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा थप कडाई गरेको छ । जोर विजोर प्रणालीको पूर्णपालना नभएको भन्दै ट्राफिक प्रहरीले विशेष कडाई गरेको हो ।
महाशाखाले जोर विजोर प्रणालीको पूर्णपालना गराउन ५६ वटा चेकप्वाईन्टहरू राखि थप कडाई गरिरहेको छ ।


आज मात्रै जोर विजोर प्रणालीको उल्लङ्घन गरी सञ्चालन गरेका १६११ वटा दुई पाङ्ग्रे, ४१५भाडाकार (ट्याक्सी) र ३१९ वटा साना तथा ठूला सवारी गरी जम्मा २३४५ वटा सवारी साधनलाई उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिनुभएको छ । उनले आजै दुई जना सवार २०८३ वटा मोटरसाईकललाई पनि नियन्त्रणमा लिई सम्झाईबुझाई गरी छाडिएको बताए ।
एसएसपी ढकालले विभिन्न बहानामा सवारी साधन चलाउनेहरुको संख्या बढेको कारण थप चेकजाँज गरी कडाई गरेको बताए ।
नेपाल सरकारबाट भएका निर्णयहरू पूर्ण रूपमा पालन गर्न, अनिवार्य मास्कको प्रयोग गर्न, भिडभाड नगर्न, अत्यावश्यक सेवा र कामबाहेक सवारी साधन नचलाउन र सर्बसाधारणलाई घरबाट ननिस्कन समेत महाशाखाले आग्रह गरेको छ ।
काठमाडौँ उपत्यकामा जेठ ३० गतेदेखि आजसम्म जोर विजोर प्रणाली उल्लङ्घन गर्ने ४१,५०८ वटा सवारी साधनहरू नियन्त्रणमा लिईसकेको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *