कलंकीबाट ठूलो परिमाणमा म्याद सकिएको स्नेकर, प्रिङ्गर्स, ट्याङ र ओरियो बिस्कुट बरामद

  •   काभ्रे
  •   १५ आश्विन २०७७, बिहीबार
  •   खबर न्युज नेपाल
0Shares

महानगरीय अपराध महाशाखाले कलंकीस्थित लिंक मार्ग सुनारगाउबाट ठूलो परिमाणमा म्याद सकिएको स्नेकर, प्रिङ्गर्स, ट्याङ र ओरियो बिस्कुट बरामद गरेको छ ।

फाेटाे फाईल /प्रकाउ पर्ने व्यक्तिहरू

आईएन डिस्ट्रिव्यूर्टसबाट म्याद सकिएको सामग्रीमा नयाँ स्टिकर टाँस गर्दै बजार पठाउने सामग्रीलाई बरामद गरिएको महाशाखाका एसएसपी दीपक थापाले बताए ।

वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण विभाग, जिल्ला प्रशासन कार्यालय र अपराध महाशाखाको टोलीले ५ वटा कोठामा राखिएको सामग्रीको मुचुल्का उठाएर सिल गरेको छ ।

आइएन डिस्ट्रिब्यूटर्सका सञ्चालक रौनक गोथ्रालाईलाई बाफल र पुस्पा देवी अग्रवाललाई पुतलीसडकबाट नियन्त्रणमा लिइएको एसएसपी थापाले बताए ।

त्यस्तै आइएन डिस्ट्रिब्यूटर्सका स्टोर किपर रौतहटका पप्पु शर्मा, महोत्तरीका श्याम प्रसाद सिंह र रौतहटका मुन्ना ठाकुरलाई पनि नियन्त्रणमा लिइएको छ । प्रहरीले सामग्रीसँगै स्टिकर बनाउने मेसिन समेत बरामद गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *