कम्पनीकाे शेयर धितोमा राखेर ७० प्रतिशतसम्म ऋण पाइने

  •   काभ्रे
  •   १३ श्रावण २०७७, मंगलवार
  •   खबर न्युज नेपाल
0Shares

कम्पनीकाे शेयर धितोमा राखेर ७० प्रतिशतसम्म ऋण पाइने भएकाे छ

काठमाडौं
राम्रो वित्तीय विवरण भएको कुनै पनि कम्पनीको शेयर धितोमा राखेर ७० प्रतिशतसम्म ऋण लिन पाइने भएको छ ।

नेपाल राष्ट्र बैंकले यही साउन २ गते सार्वजनिक गरेको चालू आवको मौद्रिक नीति कार्यान्वयन गर्ने लक्ष्यका साथ आज जारी गरेको एकीकृत निर्देशिका अनुसार शेयर प्रमाणपत्र धितोमा राखेर ऋण लिन पाउने व्यवस्था गरेको हो ।

यस्तो व्यवस्था यसअघि ६५ प्रतिशत मात्रै थियो । चालू आवको मौद्रिक नीतिले उक्त सीमालाई पाँच प्रतिशतले बढाएर ७० प्रतिशत पुर्‍याएको हो ।

सो व्यवस्थाले सेयर बजार थप विस्तार हुने विश्वास लिइएको छ । एकीकृत निर्देशिका अनुसार कूल १८० दिनको अन्तिम मूल्यका आधारमा दिइने ऋणलाई १२० दिनको अन्तिम मूल्यका आधारमा दिने व्यवस्था गरिएको छ । यस्तै, सेयर कर्जा प्रतिग्राहक बढीमा रु ५० लाखसम्म मात्र दिन पाइने व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकले ओभरड्राफ्टलाई यथावत राख्दै धितो कर्जा, सम्पत्ती कर्जा, व्यक्तिगत आवधिक कर्जाको सीमा पनि रु ५० लाख बराबर तोकिदिएको छ । यदि कुनै ऋणीले रु ५० लाखभन्दा बढी दिएको भए २०७९ असार मसान्तभित्र सीमामा ल्याउनुपर्ने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *