कथाले मागे जति अन्य भूमिकामा पनि अभिनय गर्न सक्छु:- नक्कली प्रचण्ड घनश्याम गाैतम

  •   काभ्रे
  •   २० श्रावण २०७७, मंगलवार
  •   खबर न्युज नेपाल
0Shares

प्रचण्ड सक्रिय राजनीतिमा रहेसम्म नक्कली प्रचण्डको चरित्रमा अभिनय गर्छु ।कथाले मागे जति अन्य भूमिकामा पनि अभिनय गर्न सक्छु:- नक्कली प्रचण्ड घनश्याम गौतम

हाँस्यब्यंग्य पर्ब गाईजात्राको अवसर पारेर हाँस्य अभिनेता घनश्याम गौतमसँग पत्रकार चर्चित ढुंगेलले गरेको कुराकानी :

  • यस पटकको गाईजात्रालाई कतीको प्रभाब पार्यो ?
    :- कोरोनाले हामी हाँस्यकलाकारलाई मात्र हाेइन सारा विश्वलाई नै नराम्रो प्रभाव पारेको छ। लकडाउनले  हामी सबैलाई घर भित्र बन्दी बनाएको छ।
  • यहाँको बाल्यकाल कस्तो थियो ?
    :- बाल्यकाल एउटा स्वर्णिम युग थियो। धेरै रहर र सपना थिए। सारै रमाइलो थियो। म झापाको गौरादहको जोरघरे भन्ने ठाउँमा जन्मिएको हुँ। त्यसपछि कलाकार बन्ने सपना बोकेर बाल्य कालमै काठमाडौँ आएँ। रेडियो नेपालको बाल कार्यक्रम  हातेमालो रेडियो कार्यक्रमबाट  मेरो कलाकारिताको ढोका खुल्यो।
  • सानोमा के  बन्ने रहर थियो ?
    :- कलाकार बन्ने सानै देखिको रहर रहेछ ,त्यसैले कसैले के बन्छस् भन्दा राजेश हमाल बन्छु भन्थें रे।
  • कति साल देखि बाल कार्यक्रम गर्न थाल्नु भयो रेडियो नेपालमा ?
    :- बि सं २०५१ देखि बाल कार्यक्रम र थुप्रै नाटकहरु गर्न थालें मैले।

रेडियो नेपाल प्रवेश त निकै कठिन थियो होला ,कसरी अबसर पाउनु भयो ?
:- बालबालिकाका दाजु बासुदेव मुनाल पहिलो पटक रेडियो नेपालमा नाटक गर्ने मौका दिनु भयो।

  • तपाईलाई कलाकारितामा लाग्ने प्रेरणा कसले दियो ?
    :- मेरो मामा इन्द्रप्रसाद गुरागाई र आमा नर्बदा गौतमले।
  • तपाइको आदर्श ब्यक्ति को हो ?
    :-मेरो एकदमै आदर्श ब्यक्ति सडक नाटकका पिता गुरु अशेष मल्ल ,नुपूर भट्टचार्य ,र महानायक राजेश हमाल।
  • अब अलिकति प्रसंग बदलौ,यस पटकको गाईजात्रामा के गर्दै हुनुहुन्छ ?
    :- यस पटक कोरोनाको महामारीका कारण  कार्यक्रम गर्न सक्ने अबस्था रहेन। तर पनि आफ्ना दर्शक श्रोताका लागि घर घरमै बसेर टिभी तथा युट्युब च्यानलका लागि कार्यक्रम बनाएका छौं।
  • को कोसँग कार्यक्रम गर्दै हुनुहुन्छ ?
    :- हाँस्यकलाकार दमन रुपाखेती ,उत्तम केसी ,सुजित थापा लगायतका टिमसँग गाईजात्रे प्रस्तुति आउँदैछ।
  • अनी ‘ कडा खबर गाईजात्रा  २०७७ ‘को चर्चा बाहिर निकै चलेको छ नि ?
    :- हो , अझ फरक रुपमा हामीले कडा खबर डट कम संगको सहकार्यमा ‘कडा खबर गाईजात्रा २०७७ ‘ गरेका छौं।
  • नक्कली प्रचण्ड तपाइको पहिचान बनेको छ,यो चरित्रलाई दर्शकले निकै रुचाए है ?
    :- मैले २०६० देखि नै प्रचण्डको चरित्रमा अभिनय गर्दै आएको छु। त्यति बेलादेखि नै अत्यन्तै दर्शकहरुले मन पराइदिनु भएकाले अहिलेसम्म नक्कली प्रचण्ड बनिरहेको छु। यहि चरित्रले मलाई हाँस्य कलाकारका रुपमा स्थापित पनि बनायो।
  • पुष्पकमल दाहाल प्रचण्डसँग कस्तो सम्बन्ध छ तपाइको ?
    :- उहाँसँग  धेरै  पटक भेट भइ सकेको छ मेरो। भूकम्पको बेला त मलाई भेट्न मेरै घरमा पनि आउनु भएको छ उहाँ। उहाँ कलाकारलाई माया गर्ने मान्छे हो। व्यक्तिगत रुपमा हाम्रो राम्रो सम्बन्ध छ।
  • तपाइलाई नक्कली प्रचण्ड बनाउन कसले भूमिका खेल्यो त ?
    :- बिशेष गरि टेलिभिजनमा मलाई प्रचण्ड बनाउने दमन रुपाखेती दाइको हात छ जसमा मित्र शैलेन्द्र रायमाझी जी को पनि ठुलो हात छ। उर्जा दिनेमा महेश चापागाई पनि हुनुहुन्छ। अन्य धेरै शुभ चिन्तक हुनुहुन्छ।
  • कहिले सम्म प्रचण्ड बनीरहनु हुन्छ ?
    :- जहिलेसम्म प्रचण्ड सक्रिय राजनीतिमा रहनु हुन्छ र दर्शकले मलाई यही रुपमा माया गरिरहनु हुन्छ। कथाले मागे जति अन्य भूमिकामा पनि अभिनय गर्न सक्छु म। मैले करिब २५-३० वटा चरित्रमा काम पनि गरिसकेको छु।
  • तपाइलाई मनपर्ने हाँस्य कलाकार ?
    :- पुरानो पुस्तामा मह जोडी ,सन्तोष पन्त नयाँ पुस्तामा दमन रुपाखेती ,जितु ,धुर्मुस सुन्तली र माग्ने बुढो।
  • तपाइँ प्रधानमन्त्री केपी शर्मा ओली भएको भए अहिलेको अवस्थामा के गर्नु हुन्थ्यो ?
    :- प्रचण्ड जीलाई प्रधानमन्त्रीको कुर्सी दिएर ,अध्यक्षबाट राजिनामा दिएर  एउटा जिम्मेवार पार्टीको सल्हाकार भएर आराम गरेर बस्थें।
  • अन्त्यमा के भन्नुहुन्छ??
    :- धन्यवाद खबर न्युज नेपाललाई। काे्राेनाकाे महामारी छ काेराेना बाट बाचाै ! अरुलाई पनि बचाउँ !भ्रष्टचारीलाई भेटे कालाे माेसाे दलेर जुत्ताकाे मालालाई दिउँ! सबैकाे जय हाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *