कटुवा पेस्तोल सहित २ जना मानिस पक्राउ
कटुवा पेस्ताेल सहितद२ जनालाई पक्राउ गरेकाे छ २०७७ असाेज २० बांके जिल्ला नरैनापुर गा.पा.५ सर्बराजपुरुवा हुलाकी सडकखण्डमा हातहतियारको ओसारपसार भईरहेको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरी निरिक्षक बसन्त गौतमको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा बाँके नेपालगंज -उहानरपालिका वडा नं. २० मनिकापुर बस्ने ६२ बर्ष को सलिम नाँउ र . वडा नं.१९ बासुदेबपुर बस्ने ३३ बर्ष को ईब्राहिम बेहना समेतले संकास्पद प्लाष्टिक बोरा भुईमा फालेकाले उक्त बोरा प्रहरी टोलीले खोली हेर्दा सो भित्र रहेको कटुवा पेस्तोल २ थान र सलिम नाँउले लगाएको स्टकोटको वाँया खल्तीमा रहेको कटवा पेस्तोमा लाग्ने गोली ५ राउण्ड फेला पारी निजहरुलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बडाईएकाे मुलुकी अपराध संहित ऐन २०७४ को परिच्छेद ५ दफा १३२ बमोजिमको ५ बर्ष सम्म कैद र ५० हजार रुपैया सम्म जरिवाना हुन सक्नेप्रहरी निरिक्षक गाैतमले जानकारि गराउनु भयाे ।

पक्राउ मानिस :
नामथर : सलिम नाँउ
ठेगाना : जिल्ला बाँके ने.ग.उप.म.न.पा.वडा नं. २० मनिकापुर
उमेर : ६२ वर्ष
नामथर : ईब्राहिम बेहना
ठेगाना : जिल्ला बाँके ने.ग.उप.म.न.पा.वडा नं. १९ बनघुस्रा
उमेर :३३ वर्ष