
एमसीसीको विरोधमा भाेली फाल्गुण ४ गते नेपाल बन्द गर्ने घोषणा गरेकाे छन।

सरकारले एमसीसी सम्झौता संसदमा अनुमोदनको लागि भोलि (बुधबार) को बैठकमा नै टेबुल गर्न लागेको भन्दै बिभिन्न राजनीतिक दलहरूले भोलि नै नेपाल बन्द गर्ने घोषणा गरेका छन् ।
एमसीसीको विरोधमा नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेकपा, बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेकपा माओवादी केन्द्र समाजवादी पार्टीले नेपाल बन्दको घोषणा गरेका हुन् ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, ऋषि कट्टेलको नेकपा, मोहन बैद्यको नेकपा क्रान्तिकारी, आहुतिको वैज्ञानिक समाजवादी, कर्णजित बुढाथोकीको नेकपा (माओवादी केन्द्र) लगायतले भोलि नेपाल बन्द गर्ने भएका हुन् । सरकारले भोलि नै एमसीसी पास/फेलको लागि संसद्मा टेबुल गर्ने तयारी गरेपछि वाम घटकले आन्दोलनको तयारी थालिसकेका छन् ।