एकलाख छत्तिस हजार एक सय सत्तरीसहित जुवा खेल्ने व्यक्ति पक्राउ

  •   पाेखरा
  •   ११ भाद्र २०७७, बिहीबार
  •   खबर न्युज नेपाल
0Shares

(एकलाख छत्तिस हजार एक सय सत्तरी) रकम र तास सहित जुवा खेल्ने व्यक्ति प्रहरीले पक्राउ गरेेेेेकाे छ ।

भाद्र ११ गते

कास्की जिल्ला पाेखरा महानगरपालिका खसिबजारमा जुवा खेल्ने ५ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
मिति २०७७।०५।१० गते जिल्ला कास्की पोखरा म.न.पा.वडा नं.१४ खसिबजार स्थितबाट जुवातास खेल्ने खेलाउने निम्न व्यक्तिहरुलाई रु.१,३६,१७०।– (एकलाख छत्तिस हजार एक सय सत्तरी) र तास सहित पक्राउ गरीएकाे जिल्ला प्रहरी कार्यालय कास्किका प्रहरी उपरिक्षक जीवन श्रेष्ठले जानकारी दिनु भएकाे छ ।

   जुवा खेल्नेक्रममा  नियन्त्रणमा लिइएका ब्यक्तिहरुको विवरण :-

१.जिल्ला कास्की पोखरा -१३ मियापाटन बस्ने बर्ष ४२ को जिबन नेपाली ।
२.जिल्ला कास्की पोखरा -१३ बाझापाटन बस्ने बर्ष ३५ को ओम बहादुर नेपाली ।
३.जिल्ला कास्की पोखरा -१० रामबजार बस्ने बर्ष ५४ को देबिलाल तिमिल्सिना ।
४.जिल्ला चितवन भरतपुर न.पा.२५ घर भई हाल जिल्ला कास्की पोखरा -१४ बिपिमार्ग बस्ने बर्ष ४० को कृष्णहरी दवाडी ।
५.जिल्ला तनहु भिमाद न.पा.२ घर भई हाल जिल्ला कास्की पोखरा -१४ चाउथे बस्ने बर्ष ४० को ओम ब.आले ।

प्रकाउ परेका व्यक्तिलाई कानूनी कारवाही अगाडी बढाईएको बताएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *