
आमाको सम्झनामा अन्जु पन्तको नयाँ मार्मिक गीत बजारमा
प्रमोद पन्तको सङ्गीत र डा. सदानन्द कडेलद्वारा लिखित चर्चित गायिका अन्जु पन्तको आवाज रहेको “निस्वार्थी माया आमाको” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
इन्दिरा उपाध्याय र निरा उपाध्यायद्वारा निर्माण गरिएको सो भिडियोको निर्देशन सन्जिब पौडेल र सङ्गीतकार पन्तले गरेका हुन् भने छायांकन दिपक जोशी र सम्पादन सदिश जोशीको रहेको छ।

कलाकार हिउवाला गौतम अभिनित भिडियोमा बिजुना उपाध्याय र सुनिशा ढुङ्गानाको पनि सशक्त अभिनय देख्न सकिन्छ। सो भिडियो स्वर्गीय आमा चन्द्र कुमारी उपाध्यायको तेस्रो मासिक तिथीको अवसर पारेर सार्वजनिक गरिएको हो। भिडियाे यहाँ हेर्नुहाेस
भिडियोको छायांकन चित्लाङ्गको रमणीय दृष्यमा गरिएको हो । आमाले आफ्ना सन्तानको निम्ति कति त्याग, बलिदान र दुःख खप्न सक्छिन् , भन्ने बिषयबस्तुलाई भिडियोमा देखाउन खोजेको जानकारी निर्देशक संजिब पौडेल दिए । भिडियोमा सबैले उत्कृष्ट काम गरेको उनको भनाइ छ ।

- दुई हप्ताकाे तालिमले नेपाली ब्राे बने अन्तर्राष्ट्रिय रेस्लिङ विजयी
- अन्तर्राष्ट्रिय कल वाईपास (VOIP)मा संलग्न २ जना पक्राउ
- सागर शर्माकाे नयाँ लोक कोसेली ‘लम्जुङ्ग भोटेवोडार’ बोलको गीत सार्वजनिक (भिडियाे सहित)
- कोरोना संक्रमण विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्की,सामुदायिक प्रहरी सेवा केन्द्र र समन्वय समितिकाे आयोजनामा जनचेतनामुलक कार्यक्रम
- प्रहरी हवल्दार तथा जवान लक्षित सिपविकास “House Wiring” तालिम सम्पन्न