आत्महत्या गर्ने भन्दै गभर्नरलाई सामाजिक संजालमा चिठ्ठि:-नृपेश बादे

  •   काभ्रे
  •   २३ जेष्ठ २०७७, शुक्रबार
  •   खबर न्युज नेपाल
0Shares

काभ्रेपलाञ्चाेक / नेपाल विद्यार्थी संघ काभ्रेेका विद्यार्थी नेता एवं हाेटल black & white का प्राेपाईटर नृपेश वादेेेलेे सरकारले लिएकाे आर्थिक नितिका कारण आफू र आफू जस्ता धेरै नेपाली

मर्कामा परेकाे र याे समयमा आफू समस्याबाट निस्कन गार्हाे भएकाे कारण आत्महत्या गर्ने भन्दै गभर्नरलाई सामाजिक संजालमा चिठ्ठि लेखेका छन् ।

चिठ्ठि जस्ताकाेतस्तै यस्ताे छ :-

आफू बस्ने घर को बिजुली, पानी को बिल पनि तिर्न सक्ने अबस्था छैन
घरीघरी लाग्छ आत्महत्या गरुँ ।
यदी आत्महत्या गरेँ भने मेरो परिवारले बैंकको ऋण तिर्न पर्ला कि नपर्ला ?


श्रीमान् गभर्नरज्यू
नेपाल राष्ट्र बैंक

विषय : बैंकको किस्ता भुक्तानी बारे ।
महोदय,
उपरोक्त सम्बन्धमा सन्सारभरी कोरोना महामारीका कारण निकै ठुलो समस्या उत्पन्न भएको यहाँलाई अबगत नै छ । सोही अनुसार कोरोना नियन्त्रणका लागि सरकारले लामो समयदेखि लकडाउन जारी राखेको छ । हाल साथीको घर र सानो घडेरी बैंकमा धितो राखेर बैंकबाट बल्ल बल्ल ५० लाख ऋण लिएर बनेपामा सानो रेष्टुरेन्ट संचालन गर्ने व्यक्ति हुँ । लकडाउन हुनुभन्दा ठिक २ महिना अगाडि हिम्मत र साहस बोकेर सुरु गरेको मेरो रेष्टुरेन्टले मासीक ३/४ लाखको हाराहारीमा आम्दानी गर्दै आएको थियो । त्यममध्ये करिव १ लाख स्टाफ खर्च, ७५ हजार घरभाडा, बिजुली र पानी ३० हजार , सामान र तरकारी खरिदको करिव ९५ हजार बुझाउँदै आएको थिएँ । त्यसबाट बँचेको एकलाखमा ७० हजार बैंकको व्याज बुझाएर बाँकी रहेको ३० हजार मेरो बचत आम्दानी थियो । जुन रकमबाट घरखर्च चलाउँदै आएको थिएँ । करीव ३ महिनादेखि लकडाउनका कारण रेष्टुरेन्ट पुरै बन्द भयो । सरकारले एक महिनाको घरभाडा तिर्नुपर्दैन भनेको थियो । तर घरधनीले छुट दिन सक्तिन रे। दुइमहिनासम्म कर्मचारीलाई पनि बल्ल बल्ल पालेको थिएँ । अहिले उनीहरु घर गएका छन् ।
श्रीमान् गभर्नरज्यू ।
अब लकडाउन खुल्छ भन्ने सुनेको छु । लकडाउन खुलेको भोलीपल्टै घरबेलीले ३ लाख रुपैयाँ ठिक्क पार्न भनेका छन् । अनि सुन्दैछु बैंकले पनि ३ महिनाको किस्ता एकैपटक माग्ने हो रे । गभर्नर ज्यू । तपाईले भनेपछि बैंकले मान्छन् भन्ने सुनेको कुरा के साँचो हो ? हो भने बैंकलाई ६ महिनापछि किस्ता बुझाउँदा हुन्छ कि भनेर अनुरोध गर्नका लागि यो पत्र लेख्दै छु ।
मेरो समस्याहरु यसप्रकार छन् ।
• लकडाउन खुलेपछि रेष्टुरेन्टमा सामान ल्याउनुपर्छ ५० हजार ऋण खोज्नुपर्ने भएको छ ।
• लकडाउन अवधिभर रासन पानी गरेको किराना पसलललाई ७५ हजारजति ऋण तिर्नु पर्नेछ ।
• छोराछोरीको स्कूलबाट लकडाउन खुल्नेवित्तकै फिस ल्याउनु भनेर फोन आएको छ ।
• मसँग कत्ति पनि पैसा छैन ।
• रेष्टुरेन्ट बिक्रि पनि हुँदैन ।
• आफू बस्ने घर को बिजुली, पानी को बिल पनि तिर्न सक्ने अबस्था छैन
• घरीघरी लाग्छ आत्महत्या गरुँ ।
• यदी आत्महत्या गरेँ भने मेरो परिवारले बैंकको ऋण तिर्न पर्ला कि नपर्ला ?
गभर्नर ज्यू, यति भनिसकेपछि यहाँले पक्कै बुझ्नुभएहोला मेरा समस्या । हुन त यी समस्या मेरो लागि मात्रै ठुलो हुन सक्छ । अरुका लागि मेरो समस्या सामान्य हुन सक्छ । कृपया यस्तो बेलामा ६ महिनासम्म बैंकको किस्ता पछाडि सार्दिन भन्नु भयो भने मैले रेष्टुरेन्ट संचालन गरेर कमाएको पैसा बैंकलाई दिने थिएँ । प्लिज गभर्नरज्यू लौन बैंकलाई सम्झइदिनुपर्यो ।

हजुरको आज्ञाकारी
नृपेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *