
फाल्गुन १० गते साेमबार
आजको राशिफल
मेष : स्वास्थ्य रामै्रै रहने छ । नाम चल्ने काममा लगानी गर्ने दिन छ । घरमा नयाँ मित्र भेट, नयाँ कार्यको थालनी हुनेछ भने आज पश्चिम दिशाको यात्रामा कुनै पनि काम बन्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ ।
वृष : शरीरको कुनै पनि भागमा रोग लाग्ने, दुख्ने, चोट लाग्ने सम्भावना बलियो छ । आम्दानीभन्दा खर्च ज्यादा भई दिने अवस्था रहनेछ । टाढाको यात्रा गर्ने काम पनि नगर्नु नै राम्रो हुनेछ । धार्मिक, शैक्षिक क्षेत्रमा लगानी गर्दा राम्रो हुनेछ कसैले दिएको खाने कुरा पनि नखानुहोला ।
मिथुन : धार्मिक, सामाजिक काममा लाग्न पाइनेछ, लाग्दा राम्रो हुनेछ । घरमा कुनै धार्मिक कार्यक्रम गरने सम्भावना पनि त्यत्तिकै रहेको छ । मानसिक शान्ति, आरामको अनुभव हुनेछ । विद्यार्थीवर्गलाई भने आज मध्यम रहेको छ । धार्मिक पुस्तक व्यवसाय क्षेत्रमा संलग्न हुनुहुन्छ आज सफल रहेको छ ।
कर्कट : एक्कासी स्वास्थ्यले धोका दिन सक्छ । खानामा गडबडी, असुविधा, कुनै व्यक्तिसँग विवाद पर्ने, आज लाभ कम, हानी नोक्सानी ज्यादा हुनसक्ने देखिएको छ । घर परिवारबाट सहयोगको बदला हानी नोक्सानी नै ज्यादा हुने देखिन्छ । हरेक कार्यमा सतर्क हुनुपर्ने देखिन्छ ।
सिंह : उच्च मनोवल भएका व्यक्तिसंग सम्पर्क बढ्ने दिन पािन आज रहेको छ । प्रतिस्पर्धात्मक कार्यमा आफ्नो जीत हुनेछ । समग्रमा समय राम्रा छने, भरपूर उपयाृग गर्नुहोला । उत्तर दिशाको यात्रा पनि फलदायी हुनेछ ।
कन्या : स्वास्थ्यमा खासै खराबी नआउला । आँटेका काम सबै पूरा नभए पनि निराशाको अनुभव नगरी लागि पर्दा राम्रो हुनेछ । आज ठूलो लगानी गर्नु उपयुक्त छैन । त्यसकारण तत्काल पेशा परिवर्तन, ठूलो लगानी, कसैलाई नगद पैसा दिने काम नगर्नु नै वेश हुनेछ । टाढाको यात्रामा निस्कनु पनि उपयक्त छैन ।
तुला : मनमा त्रास, शड्ढा, असन्तोष जस्तो अनुभव भै रहनेछ । उठ्नुपर्ने पैसा नउठ्ने तर खर्चमा अत्यधिक वृद्धिले पनि थप चिन्ता बढ्ने देखिन्छ आज सकभर पश्चिम यात्रा नगर्नु नै राम्रो, यदि गर्नैपर्ने भएमा उत्तर दिशाको यात्रा बाहेक अन्य कुनै पनि दिशाको यात्रा गर्नु उचित देखिंदैन ।
वृश्चिक : मन चञ्चल, गर्न खोजेका काममा रोकावट, स्वास्थ्य पनि त्यति भरपर्दो नरहने, वैदेशिक रोजगार, नयाँ पेशाको थालनीका लागि पनि आज त्यति राम्रो छैन । चोटपटक लाग्ने सम्भावना पनि छ । जुनसुकै काम गर्दा सतर्क रहनु आवश्यक छ ।
धनु सानै प्रयासले पनि महत्वपूर्ण काममा सफलता मिल्नेछ । पुराना काम कार्वाही सम्पादन हुनेछन् । नयाँ काम पाउने सम्भावना रहेको छ । जोश, जाँगर बढ्नुका साथै समयले राम्रो साथ दिने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ । धार्मिक कार्य गर्नु भएका आर्थिक लाभ हासिल हुन सक्ने देखिन्छ ।
मकर : रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ । आकर्षक शक्ति वृद्धि हुनुका साथै सहयोग गर्नेहरूको उदय हुनेछ । दाम्पत्य जीवन सुखमय, विद्या, बुद्धिको विकास हुनेछ । आदर–सत्कार पाइनेछ । घरमा पारिवारिक सहयोग राम्रैसँग पाइनेछ । नयाँ वस्तु किन्ने अवसर पनि नमिल भन्न सकिन्न ।
कुम्भ : पश्चिम दिशाको यात्रामा झन्झट, घरमा अनावश्यक कलह मच्चिन सक्ने हुनाले सतर्क रहनु होला । अरूको लहैलहैमा लाग्दा प्रहरीको फन्दामा पनि पर्न सकिने सम्भावना छ । व्यर्थ मानसिक तनाव, यात्रामा विघ्नबाधा, स्वास्थ्य त्यति राम्रो न रहने, कुनै अप्रिय समाचार सुन्नुपर्ने समय पनि चल्दै रहेकाले सबै प्रकारले सतर्क रहनु अति आवश्यक छ ।
- १५ बुँदे घाेषणापत्र सहित वज्राचार्य टिमकाे उम्मेद्वारी
- उद्योग वाणिज्य संघ ललितपुरकाे अधिवेशनमा बज्राचार्य प्यानलकाे उम्मेदवारी घाेषणा
- लागु औषध चरेश सहित १ जना पक्राउ /डडेल्धुरा
- गेष्टहाउस सञ्चालिका देहव्यापारकाे आरोपमा पक्राउ
- ललिता निवास प्रकरण :-१७ जनालाई धरौटीमा र १जनालाई साधारण तारेखमा छोड्न आदेश
मीन : अनावश्यक काममा धन लगानी गर्नु पर्नेछ, सकेसम्म जोगिनुहोला । आफन्तले समेत परिवारमा किचलो थप्न लागिपर्ने सम्भावना ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ । त्यसैले आफन्तकहाँ सकभर नजानुहोला । आज जे काम गर्नुहुन्छ होयिारी पूर्वक गर्नुहोला ।