आजको राशिफल :-पुस ६ गते साेमबार

  •   काभ्रे
  •   ६ पुष २०७७, सोमबार
  •   खबर न्युज नेपाल
0Shares

२०७७ पुस ६ गते साेमबार

आजको राशिफल

मेष : मेष शरीरको कुनै पनि भागमा रोग लाग्ने, दुख्ने, चोट लाग्ने संभावना बलियो छ । आम्दानीभन्दा खर्च ज्यादा भई दिने अवस्था पनि रहनेछ । आज जस्तोसुकै अवस्थामा पनि मुद्दा मामिलामा नजानु होला । टाढाको यात्रा गर्ने काम पनि नगर्नु नै राम्रो हुनेछ ।

वृष : आदर–सत्कार पाइनेछ। घरमा पारिवारिक सहयोग राम्रैसँग पाइनेछ । नयाँ वस्तु किन्ने, मीठो परिकार खान पाइने दिन छ । तर आज साँझपख कसैबाट षड्यन्त्र हुन सक्छ । तपाइँको आम्दानी अर्कैले खाइदिने योग समेत बलियो छ । सतर्क रहनु अत्यन्त जरुरी छ ।

मिथुन : मानसिक तनावबाट मुक्त हुन कठिन छ । इष्टमित्रबाट तिरस्कृत, अपमानित हुनुपर्ने अवस्था आइपर्न सक्छ । पाहुनाको रुपमा आज कसैकहाँ जानु ठीक छैन । गरेको काम बिग्रने संभावना बलियो छ । जताबाट पनि खर्चमात्रै ज्यादा हुने सम्भावना रहेको हुनाले सतर्क हुनैपर्छ ।

कर्कट : पूर्व, दक्षिण तर्फका काममा ज्यादा सफलता पाउनुहुनेछ । आफन्तसँग
रमाइलो भेटघाट हुनेछ । दाजुभाईको सहयोगले महत्वपूर्ण कार्य सम्पन्न गर्न सकिनेछ । समय शुभ रहेको छ उपयोग गर्नुहोला ।

सिंह : प्राप्त मौकाको ठीक–ठीक सदुपयोग गर्नुभयो भने आगामी दिनमा राम्रो प्रतिष्ठा, पद, पैसा सबै प्रकारले चित्त बुझ्दो उन्नति प्रगति गर्न सक्नुहुनेछ । समय शुभ रहेकाले सही उपयोग गर्नुहोला । धार्मिक यात्रा समेत सफल हुने देखिन्छ ।

कन्या : अचल सम्पत्तिबाट लाभ पाइने समय छ । विद्यार्थीहरूलाई उच्चतम लाभ मिल्ने, नयाँ रोजगारीको अवसर मिल्ने छ । नवीन कार्यको थालनी गर्दा उचित लाभ पाइने, आज समय शुभ रहनेछ । प्रतिष्ठित एवं ठूला मान्छेसंग भेटघाटको मौका समेत मिल्ने देखिन्छ ।

तुला : मनमा अशान्ति हुनेछ । पेट रोगले सताउने, यात्रामा कठिनाई, शोकपर्ने समाचार सुन्नु पर्नेछ धैर्यगरी आफ्नो कार्यमा लग्नुहोला । ग्याष्ट्रिक्टले सताउन सक्नेछ, खानपानमा पनि विशेष ध्यान दिनुहोला ।

वृश्चिक : मनमा ज्यादा निराशाका भावना आउने, कसैको अप्रिय समाचार सुन्दा चित्त दुख्ने जस्ता काम हुनेछन् । कसैप्रति घनिष्ट मित्र पनि नगर्ने, कसैसंग वादविवाद र दुश्मनी काम नगरेमात्र ठूलो हानी नोक्सानीबाट जोगाउन सकिनेछ ।

धनु : आर्थिक नयाँ स्रोत पनि बढ्दै जानेछन् । आज लगानी जेमा गर्नु हुन्छ अथवा जे कामको थालनी गर्नुहुन्छ, त्यसबाट राम्रो परिणाम पाइनेछ । मिष्ठान्न भोजनको योग पनि देखिन्छ, आज पूर्वी दिशाको भ्रमण सफल रहनेछ ।

मकर : आज निजी सवारी साधनमा टाढाको यात्रा गर्नु ठीक छैन । खाने, पिउने वस्तुबाट तपार्इंप्रति षड्यन्त्र हुनसक्ने सम्भावना बलियो छ । कुनै पनि व्यक्तिसँग नगद धनबारे व्यर्थैको कच्–कच्मा फँसिने सम्भावना पनि त्यत्तिकै छ । आज आर्थिक दृष्टिकोणले घाटामा परिनेछ ।

कुम्भ : आश्रित कर्मचारी, पारिवारिक सदस्यबाट राम्रो सहयोग पाइने छ । सोचे जति काममा सक्रियता अलि कम भए पनि विस्तारै उन्नति प्रगतिमा गम्भीर भई जाने देखिन्छ । आज नयाँ वस्तु, जग्गा जमीन खरिद गर्दै हुनुहुन्छ भने शुभ रहेको छ ।

मीन : खुट्टामा चोट लाग्ने, आकस्मिक रोगले दु:ख दिने सम्भावना बलियो छ । त्यसैले खानपान लगायत हरेक कार्यमा सतर्कता अपनाउनु होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *