आजको राशिफल२०७७ श्रावण २३ गते शुक्रवार

  •   काभ्रे
  •   २३ श्रावण २०७७, शुक्रबार
  •   खबर न्युज नेपाल
0Shares

आज विक्रम सम्बत २०७७ श्रावण २३ गते शुक्रवार। इश्वी सम्बत २०२० अगस्ट ७ तारिख । नेपाल सम्वत् ११४० गुँलागा ।

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

गहना किन्दा समृद्धि प्राप्ती हुने योग छ । बालबालिकाको विद्यालय र अध्ययनसँग सम्बन्धित काम पूरा गर्नका लागि मद्दत गर्ने समय पनि हो । दाम्पत्य जीवनमा भने केही समस्या आउन सक्छ । पति पत्नीबीच सामान्य विषयमा पनि विवाद हुने योग छ । व्यक्तित्व विकासको काम भने सन्तोषजनक रहने छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

शारीरिक व्यायाम तथा खेलकुदको क्षेत्रमा सकारात्मक परिणाम प्राप्त हुने योग छ । आर्थिक लेनदेनमा भने केही झमेला हुन सक्छ । साथै छोरा छोरीहरुसँग पनि विवाद हुन सक्छ । कुनै नयाँ व्यवसाय गर्ने तयारीमा हुनुहुन्छ भने आजका लागि उपयुक्त हुने छैन । अनपेक्षित ठाउँमा पाहुना लाग्न जाने सम्भावना पनि छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

नसुल्झिएको समस्या र विवादले फेरि उल्झनमा पार्न सक्छ । अनावश्यक रुपमा मानसिक तनाव व्यहोर्नुपर्ने स्थिति आउन सक्छ । आफन्त र नातेदारबाट अचानक कुनै कोशेली मिल्ने सम्भावना पनि छ । रचनात्मक परियोजनामा काम गर्दा सफलता र छिट्टै राम्रो प्रतिफल प्राप्त गर्ने योग छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज भने तपाईंको व्यक्तित्वको प्रभावले राम्रो काम गर्ने योग छ । यद्यपि बाहिरी मानिसको अनावश्यक हस्तक्षेपले जीवनसाथीसँग केही तनावको स्थिति सिर्जना हुन सक्छ । आजको दिनमा केही पैसा भने खर्च हुन सक्छ । किनमेल र बाहिरी घुमघाममा जाँदा पैसा धेरै खर्च हुन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

खानपानका कारण स्वास्थ्यमा केही समस्या होला । बाहिरी खाना नखाएकै राम्रो । आर्थिक समस्या झन बढ्न सक्छ । दाम्पत्य जीवनमा पनि केही खटपट आउन सक्छ । कुनै ठाउँको यात्रा गर्दा केही फाइदाजनक हुन सक्छ । तर यात्रा गर्दा अपेक्षाभन्दा धेरै आर्थिक व्यय हुन सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आर्थिक उन्नतिको योग छ । तपाईंको व्यक्तिको प्रभावले नयाँ मानिसहरुसँगको सम्बन्ध पनि फलदायी हुन सक्छ । मानिसहरुको बीचमा तपाईंको प्रभाव अझै बढ्ने छ । यद्यपि दाम्पत्य जीवनका बारे नराम्रो सोच हावी हुन सक्छ । आजको दिन जीवनसाथीसँग भएको झगडाले नराम्रो रुप लिने खतरा छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज राम्रो आम्दानी हुने योग छ । व्यापार व्यवसायमा हुनुहुन्छ भने लामो समयदेखि बिक्री नभएको माल–वस्तु बिक्री हुन सक्छ । यद्यपि घरायसी विवाद भने बढ्न सक्छ । जीवनसाथीसँगको तनाव अरु बढ्न पनि सक्छ । यद्यपि बाहिरी मानिसहरुसँगको सम्बन्ध भने झन् प्रगाढ बन्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

धुम्रपान तथा मध्यपानको कुलतबाट छुटकरा पाउनका लागि यो निकै उपयुक्त समय हो । शेयर लगानी गर्ने गर्नुहुन्छ भने आजको दिन कुनै पनि शेयर नकिन्दा नै राम्रो होला । अनावश्यक खर्च गर्ने बानीबाट बच्नुहोला । कर्मचारी हुनुहुन्छ भने आफ्नो कामको असरले अरुलाई प्रभावित पार्न सक्ने योग छ । कामकाजको क्षेत्रमा राम्रो प्रतिफल र बढुवा पाउने योग छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

स्वास्थ्यलाई फाइदा हुने काम गर्नका लागि उपयुक्त समय छ । साथै आज तपाईंले ऋण पाउने योग पनि छ । साथै यसअघि ऋण लगानी गर्नुभएको छ भने पनि त्यो ऋण फिर्ता पाउन सक्नु हुन्छ । केही नयाँ काम गर्ने सोचको विकास हुन सक्छ । साथै नियमित गर्दै आएको कामबाट पनि अपेक्षाभन्दा बढी नै फाइदा हुने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आज विजयको उत्सवले तपाईंको जीवन खुसीले भरिने छ । नयाँ सम्झौताहरु फाइदाजनक हुनेछन् । यद्यपि कुनै क्षेत्रमा लगानी गर्दा भने हतारमा निर्णय नलिनु नै राम्रो हुने छ । बाह्य व्यक्तिको अनावश्यक चलखेलका कारण पारिवारिक जीवनमा भने केही झमेलाको सामना गर्नुपर्ने हुन सक्छ । साथीभाइहरुसँगको सम्बन्ध निर्वाह गर्दा यथार्थवादी बन्ने प्रयास गर्नुहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुनै पनि काममा लाग प्राप्त गर्नका लागि अतिरिक्त उर्जाको सकारात्मक तरिकाले उपयोग गर्नु पर्नेछ । नयाँ ठाउँमा लगानी गर्नु फाइदाजनक नहुन पनि सक्छ । आर्थिक व्यवहारमा केही सावधानी अपनाउनु पर्नेछ । जीवनसाथीको लापरवाहीले दैनिक जीवनमा केही नराम्रो परिणाम समेत भोग्नु पर्ने हुन सक्छ । यात्रामा जाँदा बोकेको सामग्री हराउन सक्ने खतरा पनि छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

काम गर्ने तोरतरिका नमिल्दा केही समस्यामा परिएला। अरूका लागि दिमाग खर्चनुपर्नेछ। आगन्तुकका कारण अध्ययनमा बाधा पुग्न सक्छ। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला । लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। बुद्धिको उपयोगले चिताएको योजना कार्यान्वयनमा आउनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ।

राशिफलले जे जस्ताे भने पनि आजको दिन शुभ रहाेस “

Leave a Reply

Your email address will not be published. Required fields are marked *