वि.संं. २०७७ आषाढ ०१ गते सोमवार, आषाढ कृष्ण (तछलागा) दशमी,
आजकाे ग्रहफल

मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मेष राशी हुनेहरुको आज इच्छाअनुसार काम छिटो सम्पन्न हुन सक्दैन । राज्य पक्षका अप्ठ्यारा र गैरकानुनी काममा हात नहाल्नुहोला । धार्मिक र सामाजिक काममा समय र धन लगानी गर्ने समय आएको छ । आकस्मिक रुपमा कुनै वस्तुको खरिद गर्दा अनायासै जोखिममा परिनेछ ।
वृष राशी (इ, उ, ए, ओ, बो, बु, बे, बो)
वृष राशी हुनेहरुले आज आर्थिक पक्षत्र सबल रहेको छ । सम्पत्तिसम्बन्धी समस्याहरु समाधान हुनेछ । काममा सफलता पाइनेछ बन्नेछ । बोलीको कदर हुनेछ । महत्वपूर्ण काममा बोली बिक्नेछ । भौतिक सम्पत्तिको जोहो हुनेछ । सुनचाँदी जस्ता धातुको कारोबारबाट केहि लाभ मिल्ने योग छ । महत्वपूर्ण वस्तुहरु किनमेल गर्ने समय छ । दिर्घकालिन फाइदाको लागि लगानी गर्नु समय अनुकुल रहेको छ ।
मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिथुन राशी हुनेहरुको आज धेरै दिनपछि साँझ पारिवारिक रमझमका लागि समय र धनको जोहो हुनेछ । पेशा र व्यवसायबाट लाभ हुनेछ । महत्कांक्षा तथा इच्छाहरु पूर्ण हुनेछन् । कुनै लाभदायक वस्तुको किनमेल र कारोबार गर्ने समय छ । लामो दुरीको लाभदायक यात्रा हुनसक्छ । समग्रतामा आज अत्यन्त राम्रो परिणाम हात लाग्नेछ ।
कर्कट राशी (हि, हु, हो, डा, डि, डु, डे, डो)
यस राशी हुनेहरुको आज ठूला र महत्कांक्षी योजना त्यागी अघि बढ्नु राम्रो हुनेछ । गरेका प्रयास र उद्यममा निराशा भोग्नुपर्छ । अनावश्यक यात्राबाट जोखिम बेहोर्नुपर्छ । खर्च बढ्नुका साथै विभिन्न जोखिम आउने समय छ । भोगविलास र श्रृङ्गारिक सामान खरिद गर्न मन लालायित हुनेछ ।
सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु टे)
सिंह राशी हुनेहरुको आज नसोचेको काम बन्न सक्छ । रोकिएका सरकारी काम सुल्झाउने समय छ । साथीभाइको विचारलाई अनुसरण गर्दा लाभ हुनेछ । अपुरा काम पूर्ण हुनेछ ।
कन्या राशी (टो, प, पी, पु, ष, ण ठ, पे, पो)
कन्या राशी हुनेहरुका लागि आज आम्दानीमा कमी आउने छैन । आत्मविश्वासमा अभिवृद्धि हुनेछ । कर्मचारीले प्रशंसा पाउनेछन् । कर्मप्राप्तिका लागि गरिएका प्रयास सफल हुनेछ । व्यवसायिक र सामाजिक सम्बन्ध सुदृढ हुनेछ ।
तुला राशी (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
यस राशी हुनेहरुका लागि आज मान सम्मान र प्रशंसा समस्या समाधान हुने योग छ । पहिले गरेका कामको मूल्यांकन हुनेछ । रोकिएका काम पुनः शुरु गर्ने समय छ । आर्थिक पक्षमा टेवा पुग्नेछ । यातायातको साधन किन्न समय अनुकुल छ । गरेका काममा भाग्यले साथ दिनेछ ।
वृश्चिक राशी (तो, ना, नि, नु, ने, या, यि, यु)
वृश्चिक राशी हुनेहरुका लागि सानातिना घरायासी समस्या देखिए पनि त्यसले दैनिकीमा फरक पार्नेछैन । लामो समयदेखि रोकिएको काम पुनः शुरु गर्ने समय छ । गरेको कामबाट सन्तोषजनक परिणाम प्राप्त हुनेछ । उपलब्धिमूलक यात्रा हुनसक्छ ।
धनु राशी (ये, यो, भ, भी, भू, ध, फा, ढ, भे)
धनु राशी हुनेहरुका लागि लामो समयदेखिको उल्झन सुल्झाउने समय छ । पेसा वा व्यवसायको क्षेत्रमा गरिएको प्रयास सफल हुनेछ । आजको दिन भाग्यशाली रहेको छ । साझेदारीमा काम गर्न अनुकुल समय छ । सोच्दै नसोचेका कामहरु सजिलै सम्पन्न हुनेछ ।
मकर राशी (भो, ज, जी, खि, खु, खे, खो, गा, गी)
मकर राशी हुनेहरुका लागि आज काम गर्दा विभिन्न आर्थिक, सामाजिक, व्यवहारिक आदि उपलब्धिहरु हासिल हुनेछन् । दिन छिप्पिदै जाँदा आर्थिक र शारिरीक शक्तिमा ह्रास आउनेछ । आम्दानी नहुने काममा खर्च बढ्नेछ । व्यापार व्यवसाय ठिकै रहेको छ ।
कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, द)
यस राशी हुनेहरुको आज एकाविहानै महत्वपूर्ण घरायासी काममा समय व्यतित गर्नुपर्नेछ जसले भविष्यमा फाइदा पुग्नेछ । आत्मबलमा वृद्धि हुनेछ । कुनै योजनालाई मूर्तरुप दिन आजको चिन्तन र उपाय महत्वपूर्ण बन्न सक्छ ।
मिन राशी (दी, दु, थ, झ, ञ, दे, दो, च, ची)
यस राशीका हुनेहरुले आज अनावश्यक दौडधूप गर्नुपर्ने समय छ । काममा धेरै किसिमका चुनौतीहरु देखिनेछ । नयाँ काममा हात हाल्नु समय राम्रो छैन । खर्चको मात्रा बढ्नेछ । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनसक्छ । सोचेको काममा सफलता मिल्ने देखिदैन । यद्यपी देशपरदेशमा रहनेहरुले केहि हदसम्म सरकारात्मक प्रतिफल पाउनेछन् ।