मिति २०७७ साल असार १३ गते शनिबार, ईश्वी सन् २०२० जुन २७ तारिख, नेपाल संवत् ११४०
आजकाे ग्रहफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययनमा राम्रो सुधार गर्दै आफन्त तथा गुरु वर्गहरुको इज्जत राख्न सकिने समय रहेकोछ। औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पढाइ लेखाइमा समय दिएपनि चाहेजस्तो सफलता प्राप्त नहुँदा मन खिन्न हुनेछ । आमा वा आमा सरहका मानिसबाट टाडिएर छोटो दुरिको यात्रा हुने अत्याधिक सम्भावना रहेकोछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पराक्रम बढ्ने हुनाले शाहशिलो काममा हात हाल्नुहोला सफलता मिल्नेछ । वादविवाद तथा मुद्दा मामिलामा तपार्ईँकै जित हुनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पारिवारिक माहोलामा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ भने बोलिको प्रभाव बढ्ने तथा महत्वपुर्ण कामहरु आज नै फत्ते गर्नु उचित हुनेछ। पढाइ लेखाइमा राम्रै प्रगती भएर जानेछ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अध्ययनमा प्रगती हुनेछ भने अरुलाई पछी पार्दै नतिजा आफैतिर ल्याउँन सकिनेछ । राजनीति गर्नेहरुले राज्यबाट पद पाउने समय रहेकोछ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउँन सक्छ ख्याल गर्नुहोला । भुलेर गलत काम नगर्नुहोला तुरुन्त दण्ड तथा सजाय हुन सक्छ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) प्राकृतिक स्रोत तथा सरकारी धनको सही परिचालन गर्न नसक्दा आम्दानीका बाटाहरु साघुरा हुनेछन्। पढाइ लेखाइ तपार्ईँ आफ्नै कारणले बिग्रनेछ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) बुवा तथा बुवा सरहका मानिसबाट तपार्ईँको काममा सहयोग हुनेछ भने आफन्त तथा सहयोगी हरुले तपार्ईँकै साथ दिनेछन् । माया प्रेमको बन्धन कसिने तथा पढाइ लेखाइमा उत्कृष्ट नतिजाको साथ पुरस्कार जित्न सकिनेछ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) प्रेम प्रशङको गाठो कसिलो भएर जानेछ भने नया ठाउँबाट प्रेम प्रस्ताव आउँने अधिक सम्भावना रहेकोछ । लामो समय देखि रोकिएर बसेका कामहरु बन्नेछन् भने तपार्ईँको काममा प्रतिस्पर्धा गर्नेहरु आफै किनारा लाग्नेछन्।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापारमा लगानी गरे पनी आम्दानी नहुने हुनाले दैनिक गुजार ऋण लिएर चलाउनु पर्ने वाध्यता आउनेछ। प्रणय सम्वन्धमा चिसोपनको सुरुवात हुनेछ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यावसाय आम्दानी थोरै हुनेछ भने आज लगानी नगर्नुनै राम्रो हुनेछ। शुभचिन्तकको पनि साथ नहुने हुँदा एक्लो पनको महशुष हुनेछ। पहिलेका सम्झौता भङग हुनेछ भने साझेदारहरु विच भनाभन हुने योग रहेकोछ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पढाइ लेखाइमा प्रविधिको प्रयोग गरि निरन्तरता दिन सकिनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ।