आजकाे राशिफल वि.सं.२०७७ जेष्ठ २१ गते

  •   काभ्रे
  •   २१ जेष्ठ २०७७, बुधबार
  •   खबर न्युज नेपाल
0Shares

वि.सं.२०७७ जेठ २१ गते बुधबार /इ.स.२०२०जुन ३।जेष्ठ शुक्लपक्ष ,द्वादशी
आजकाे राशिफल

मेष :

दिन अत्युत्तम रहनेछ । यात्रा गर्ने अवसर मिल्नेछ । पारवहन सम्बन्धी काम बन्नेछ । प्रियजनसँग भेटघाट हुनेछ । मनोरञ्जन गरिनेछ ।

वृष :

दिन उत्तम रहनेछ । आँटे ताकेको काम सहज रूपमा सम्पन्न हुनेछ । शत्रु परास्त हुनेछन् । सहकार्यमा आफ्नो वर्चस्व बढ्नेछ ।

मिथुन : दिन राम्रो रहनेछ । चिन्ताबाट छुट्करा मिल्नेछ । अत्यन्त उत्साहित भइनेछ । अनुसन्धानका क्षेत्रमा सफलता मिल्नेछ ।

कर्कट : दिन प्रतिकूल रहनेछ । काममा सावधानीको खाँचो पर्नेछ । मन डराउन सक्छ । काममा विलम्ब हुनेछ । ठूलो कामको अपेक्षा नगर्नु बेस हुनेछ ।

सिंह : दिन उत्तम रहनेछ । सामाजिक तथा साँस्कृतिक कार्यक्र
ममा उपस्थित भइनेछ । उत्कृष्ट मान सम्मान मिल्नेछ ।

कन्या : दिन सार्थक रहनेछ । बोली वचनमा प्रभाव बढ्नेछ । अपत्यारिलो धन हात लाग्नेछ । मिष्ठान्न भोजन मिल्नेछ ।

तुला : दिन भाग्योदयकारक रहनेछ । उच्चस्तरीय कार्यव्रmम तय हुनेछ । महत्वपूर्ण निर्णय गरिनेछ । अध्ययन अनुसन्धानमा गति थपिनेछ ।

वृश्चिक :  दिन प्रतिकूल रहनेछ । खर्चको मात्रा बढ्नेछ । काममा सचेतताको महसुस हुनेछ । महत्वपूर्ण कामको आशा नगर्नु बेस हुनेछ ।

धनु : दिन अनुकूल रहनेछ । आयआर्जनमा वृद्धि हुनेछ । व्यक्तित्व विकास हुनेछ । निकै राम्रो अवसर मिल्नेछ । मन प्रसन्न हुनेछ ।

मकर : दिन उत्कृष्ट रहनेछ । आँटेको काममा सफलता मिल्नेछ । सामाजिक सम्मान पाइनेछ । मन उत्साहित हुनेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।

कुम्भ : दिन राम्रो रहनेछ । आध्यात्मिक क्षेत्रमा विस्तार हुनेछ । दानपुण्य गरिनेछ । मनमा सन्तोष मिल्नेछ । शरीर स्वस्थ हुनेछ ।

मीन : दिन प्रतिकूल रहनेछ । अनावश्यक घमण्ड हानिकारक रहन सक्नेछ । ठूलो कामको अपेक्षा नगर्नु नै बेस हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *