” अवैध लागू औषध सहित मानिस पक्राउ”
कार्तिक ५ गते
बारा जिल्ला जीतपुर सिमराबाट खटिएकाे प्रहरी टाेलीले अवैध लागू अाैषध सहित हरिराम एकवाललाई पक्राउ गरेकाे छ

सिमरा उपमहानगरपालिका वडा नं.०२ स्थित तराई धर्मकट्टा अगाडि वीरगंज पथलैया सडक खण्डमा खटिएको प्रहरी टोलीले सवारी साधन तथा यात्रुहरुलाई चेकजाँच गर्ने क्रममा वीरगंजबाट नारायणघाट जादै गरेको ना ६ ख ८९३८ नं.को यात्रु बाहक बसमा सवार यात्रु तथा सामानहरु चेकजाँच गर्ने क्रममा बसको पछाडि सिटमा बसेका रौतहट जिल्ला साबिक गा.वि.स.बसविटी जिंगडीया वडा नं.१ हाल गरुडा नगरपालिका वडा नं.८ बस्ने राम एकवाल महराको छोरा २७ वर्ष को हरि राम एकवाललाई पक्राउ गरेकाे हाे ।
हरिरामकाे साथमा ५ (पाँच) वटा पोका भित्र नाईट्राभेट-१० लेखिएको ५० (पचास) पत्तामा ,जम्मा १५००/-(पन्ध्र सय) पिस ट्याबलेट र १७ पोकामा नुफिन लेखिएको ८५०।– (आठ सय पचास) पिस, फेनारगन लेखिएको ८५०।– (आठ सय पचास) पिस र डाईजेपाम लेखिएको ८५०।- (आठ सय पचास) पिस सहित पक्राउ गरेकाे प्रहरीले बताएकाे छ ।
अवैध धन्दामा सम्लग्न व्यक्तिलाई लागू औषध नियन्त्रण ऐन,२०३३ विपरितको कसूर अन्तर्गत आवश्यक अनुसन्धान अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।