अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण गुल्मीमा दुई जनाको मृत्यु

  •   काभ्रे
  •   १९ असार २०७७, शुक्रबार
  •   खबर न्युज नेपाल
0Shares

गुल्मी :


अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण गुल्मीमा दुई जनाको मृत्यु भएको छ भने अन्य एक जना बेपत्ता भएका छन् । बिहीबार राति पहिरो खस्दा ईस्मा गाउँपालिका १ मल्दीका बसन्त सारुका १८ महिनाका छोरा सुरज सारुको मृत्यु भएको हो ।
त्यस्तै पहिरोमा परि ईस्मा गाउँपालिका १ अन्तर्गत निस्ती ढाँडफाँटकी ७ वर्षकी वालिका अपिच्छा खत्रीको पनि मृत्यु भएको छ । पहिरो खसेपछि आमासँगै भाग्ने क्रममा वेपत्ता बनेकी वालिकाको शव आज विहान फेला परेको हो । पहिरोमा फसेकी वालिका आमा ईश्वरी खत्रीलाई स्थानीयले छ घण्टापछि जीवितै उद्धार गरेका छन् ।
पहिरोमा बालिकाका हजुरबुबा टिकाबहादुर खत्री र मृतक वालकका बाबुआमा गंभिर घाइते भएका छन् । पहिरोसँगै निस्ती खोलामा आएको बाढीले अस्थायी होटल समेत बगाएको छ । बाढीले होटल बगाउँदा होटलमा बास बसेका मुसिकोट नगरपालीका २ का भागिरथ घिमिरे सम्पर्कविहीन भएका छन् ।
ईस्मा गाउँपालिका १ अन्र्तगत निस्तीको ढाँडफाँटमा गएराती पाँच सय मिटर माथिवाट पहिरो खसेको हो । पहिरो खसेपछि त्यस क्षेत्रका एकदर्जन भन्दा बढी घरपरिवार विस्थापित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *