
अभिभावककाे लागि मदरल्याण्डकाे अभिमुखिकरण

भक्तपुर/सुर्यविनायक ९ भाते ढिकुरमा अवस्थित मदरल्याण्ड स्कुलले अाफ्ना अभिभावकका लागि अभिमखिण कार्यक्रमकाे अायाेजना गर्ने भएको छ ।
अहिलेकाे अवस्थामा विद्यार्थीलाई मात्र हैन अभिभावकलाई समेत अभिमुखिकरण कार्यक्रम आवश्यक रहेकाेले मदरल्याण्ड इङ्गलिस बोर्डिङ स्कूलले एकदिने अभिमुखिकरण कार्यक्रम अायाेजना गर्न लागेको हाे । मदरल्याण्ड स्कुलले हरेक वर्ष गर्दै आएको अभिभावक प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिदै अागामी चैत्र १९ गते अभिमुखिकरण कार्यक्रम अायाेजन गर्न लागेकाे विद्यालयका संस्थापक प्रिन्सिपल संजय खड्काले जानकारी दिए ।
बदलिँदो परिस्थिति तथा काेभिड १९ काे महामारी पश्चात् बालबालिकामा देखिएका विविध परिवर्तनका सन्दर्भ समेटेर “अनुकरणीय अभिभावक एवम् सचेतना” विषयक अभिमुखिकरण २०७८ कार्यक्रम विद्यालयले महेश्वरी बेन्क्याैटमा अायाेजना गर्न लागेको विद्यालयले जनाएको छ ।
अभिमुखिकरण कार्यक्रममा स्वस्थ र सफल जीवनका लागि सकारात्मक सोचको विकास गर्न फलदायी हुने बताउँदै अभिभावकले पढ पढ मात्र भनेर दवाव दिनुभन्दा घरबाट नै असल संस्कारको विकास गराउदै अभिभावकले बालबालिकाहरुको हरेक कुरा सुनेर साथीको व्यवहार गरि उनीहरुको मनाेभावना अनुसार बालबालिकालाई गलत बाटो लाग्नबाट जाेगाउन अभिमुखिकरण कार्यक्रम अावश्यक रहेकाे समेत खड्का बताउँछन् ।
शैक्षिकका साथै हरेक अतिरिक्त क्रियाकलाप तथा प्रतियोगितामा राष्ट्रीय एवं अन्तर्राष्ट्रीय पदक समेत जित्न सफल मदरल्याण्ड स्कुलले आगामी दिनहरुमा अभिभावकको पहिलो रोजाईको स्कुल बनाउने योजना रहेको प्रिन्सिपल खड्काले बताए ।
प्रिन्सिपल खड्काले मदरल्याण्डले अभिभावकहरुलाई प्रेरणामुलक अभिमुखिकरण कार्यक्रम हरेक वर्ष आयोजना गर्दै आएको समेत जानकारी दिए ।