
९९ राेपनी जग्गामा उम्रिएकाे ५८ सय गाँजाकाे बाेट नष्ट
लागु-औषध दुरूपयोग तथा अबैध ओसार पसार विरुद्धको अन्तराष्ट्रिय दिवस २६ जून मनाउने ३ दिने कार्ययोजना अन्तर्गत ९९ सय राेपनीमा प्राकृतिक रूपमा उम्रिएकाे करिव ५८ सय वटा गाँजाकाे बाेट नष्ट गरिएकाे महानगरीय प्रहरी वृत जगातीका प्रहरी नायव उपरीक्षक राजेश थापाले बताउनु भयाे ।
गाँजाकाे बाेट नष्ट गर्न महानगरीय प्रहरी वृत्त जगाती,सामुदायिक प्रहरी सेवा केन्द्र कटुञ्जे र समुदाय प्रहरी साझेदारी अन्तर्गत भ.न.पा १ नपलि मा गठन गरिएको टोल समितिको संयुक्त आयोजनामा महानगरिय प्रहरी बृत्त जगातिका प्रमुख प्रहरी नायव उपरीक्षक राजेश थापाको नेतृत्वमा,महानगरिय प्रहरी प्रभाग कटुञ्जे,भ.न.पा वडा नं १ का वडा सदस्य सुर्य श्रेष्ठ र स्थानिय भद्रभलाद्मि हरु गरि करिब ५० जनाको उपस्थितिमा भक्तपुर नगरपालिका १ सृजनानगर स्थित उन्नसय राेपनी जग्गामा
प्राकृतिक रुपमा उम्रिएका अन्दाजि ५८०० गाँजाका बोट नष्ट गरिएकाे प्रहरीले जनाएकाे छ ।
- गाेपाल तिमल्सिनाकाे “के भाे के भाे ” गाईजात्रा
- मदरल्याण्डका खड्का राष्ट्रिय शिक्षा सेवा सम्मानद्वारा सम्मानित
- रोशी खोलाले बगाउँदा एक पुरुष र एक भैँसी बेपत्ता
- काभ्रेमा दिवंगत गुरुहरुलाई सम्झदै गुरु पुर्णिमा सम्पन्न
- प्रज्ञा फिल्मसकाे व्यानरमा टेलिचलचित्र माया