५४हजार ७ सय १० रूपैयाँ सहित जुवा खेल्ने ८ जना पक्राउ /बाग्लुङ

  •   काभ्रे
  •   २३ कार्तिक २०७७, आईतवार
  •   खबर न्युज नेपाल
0Shares

जिल्ला प्रहरी कार्यालय बाग्लुङले जुवा खेल्ने ८ जना व्यक्तिलाई पक्राउ गरेकाे छ ।

स्थानिय व्यक्तिको सुचनाकाे आधारमा मिति २०७७कार्तिक२१ गते रातको अन्दाजी २२:३० बजेको समयमा बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नं.ठुलश्वारा स्थित खडानन्द आचार्यको खाली घरमा केही मानिसहरु भेला जम्मा भई जुवा तास खेलि रहेको अवस्थामा फेला पारीपक्राउ गरेकाे हाे ।

जुवा खेल्न प्रयोग भएको एकमुष्ट तास २२० पत्ती र एकमुष्ट नगद रु. ५४हजार ७ सय १० रूपैयाँ स्थानीय मानिसहरुको रोहवरमा बरामद गरि जुवाखेल्ने मानिसहरुलाई कानुन बमोजिम पक्राउ गरि हालअनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद रेग्मिले बताउनु भयाे ।

जुवाखालमा प्रकाउ पर्नेकाे विवरण :-

१. बागलुङ जिल्ला साविक बागलुङ न.पा. वडा नं. १० कायम ऐ.ऐ. वडा नं. ४ बस्ने बर्ष २४ को सुर्य के.सी. ।
२. बागलुङ जिल्ला साविक बागलुङ न.पा. वडा नं. ११ कायम ऐ.ऐ. वडा नं. ४ बस्ने बर्ष ३२ को राजन आचार्य ।
३. ऐ.ऐ. बस्ने बर्ष ३२ को सन्तोष के.सी.।
४. साविक बागलुङ न.पा. वडा नं. १० कायम ऐ.ऐ. वडा नं. ४ बस्ने बर्ष २६ को यम बहादुर के.सी. ।
५. ऐ.ऐ. बस्ने बर्ष २८ को सुरज क्षेत्री।
६. ऐ. साविक बागलुङ कालिका गा.वि.स. वडा नं. २ कायम ऐ.ऐ. वडा नं. ४ बस्ने बर्ष ४० को ज्ञान बहादुर कार्की।
७. ऐ. साविक बागलुङ न.पा. वडा नं. ९ कायम ऐ.ऐ. वडा नं. ६ बस्ने बर्ष ३७ को कृष्ण बहादुर सार्की।
८. जिल्ला बाँके साविक बागेश्वरी गा.वि.स. वडा नं.२ कायम खजुरा गाउँपालिका वडा नं. ३ बस्ने बर्ष २९ को तेज बिक्रम
क्षेत्री।

Leave a Reply

Your email address will not be published. Required fields are marked *