सिन्धुपाल्चोकमा मानिसको मृत्यु सँगै बाढीका कारण जनधनको पनि ठुलो क्षति (फाेटाे सहित)

  •   काभ्रे
  •   २ असार २०७८, बुधबार
  •   खबर न्युज नेपाल
0Shares

वर्षाले निम्त्याएको बाढी पहिरोमा परी सिन्धुपाल्चोकमा अहिलेसम्म ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुको पहिचान अहिलेसम्म खुल्न सकेको छैन ।

मानिसको मृत्यु सँगै बाढीका कारण जनधनको पनि ठुलो क्षति भएको बताइएको छ ।

फाेटाे फाईल /सामाजिक सञ्जाल

मेलम्चीमा आएको भिषण बाढी र पहिरोले आसपासका बस्तिहरु बगाएको छ । लगातार वर्षाका कारण इन्द्रावती नदिको वाहब बढेपछि मेलम्ची क्षेत्रका बासिन्दा प्रभावित भएका छन । नदिको बाहब बढेपछि मेलम्ची बजार अस्तब्यस्त बनेको हो । अहिले मेलम्चीका नागरिकलाई इन्द्रेश्वरी स्कुलमा राखिएको प्रहरीले जनाएको छ ।

ह्योल्मोभूमि हेलम्बु हुँदै मंगलबार आएको बाढीले इन्द्रावती मेलम्ची लगायतका करिडोर क्षेत्रमा ठूलो क्षति भएको अनुमान गरिएको छ । दिउँसोदेखिको अविरल वर्षाका कारण मेलम्ची नदीको बाढीले हेलम्बु गाउँपालिकाको किउलमा रहेको ट्राउट फर्म, रिसोर्टमा कार्यरत केहीलाई बगाएर बेपत्ता बनाएको अपुष्ट खबर आएको प्रहरीले जनाएको छ ।

फाेटाे फाईल /सामाजिक सञ्जाल

त्यस्तै हेलम्बुमा पनि प्रभावित भएको खबर आएको छ भने तिम्बु क्षेत्र निकै प्रभावित बनेको खबर छ । भर्खरै प्राप्त सुचना अनुसार मेलम्चिमा आएको बाढीले आमा ह्योल्मो बसपार्कका सबै घर टहराहरू साथै मेलम्ची चनौटेको झोलुङ्गे पुल बगाएको छ । रातिको समय र विध्युत सेवा पनि अवरुद्ध भएकाले क्षतिको आँकलन हुन सकेको छैन ।

फाेटाे फाईल /सामाजिक सञ्जाल

बेलुका साढे ६ बजे मेलम्ची खानेपानीको मुहानभन्दा ९ किलोमिटरमाथि हेलम्बु १ स्थित नाकोटे भन्ने ठाउँमा पहिरो गएको थियो ।

बाढी र पहिरोले हेलम्बुको तिम्बु बजार सिंगै बगाएको छ । यसैगरी चनौते भन्ने बजार पनि डुबानमा परेको छ । कम्तिमा ७ जना स्थानीवासी वेपत्ता भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *