३८ औं बि.पी स्मृति दिवसको अवसरमा बि. पी बिचार समाज पनाैतीकाे कार्यालय उद्घाटन तथा बृक्षारोपण कार्यक्रम

  •   काभ्रे
  •   ७ श्रावण २०७७, बुधबार
  •   खबर न्युज नेपाल
0Shares

काभ्रे,


प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको ३८औँ स्मृति दिवसका अवसरमा
नेपाली काँग्रेसका प्रभाबशालि केन्द्रिय सदस्य एबं पूर्ब सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले राजाबादी र कम्युनिष्ट सरकारको अतिबादका कारण मुलुक संकटमा फस्दै गएको बताएका छन् ।

उनले बि.पी कोइरालाले मुलुक जतिखेर संकटमा परेको हुन्छ त्यतिबेला सम्पूर्ण नेपालीहरुले नेतालाई सोधेर होइन आफनै छातीमा हात राखेर र आफनो भूमीको माटो अञ्जुलीमा लिएर आफनो कर्तब्य र दायीत्वका बारेमा आफ्नै मनलाई सोधेर जे उत्तर आउँछ त्यही निणर्य लिन अपिल गरेको स्मरण गर्दै नेपालीजन र काँग्रेसजनहरुलाई मूलुकका बारेमा निणर्य लिन अनुरोध गर्नुभएकाे कुरा स्मरण गरे ।

३८ औं बि.पी स्मृति दिवसको अवसरमा बि. पी बिचार समाज काभ्रे पनौतीले आयोजना गरेको कार्यालय उद्घाटन तथा बृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै वहाँले यस्तो अनुरोध गरेेेका हुन् ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति मधु आचार्य, पूर्ब उद्योग राज्यमन्त्रि एबं प्रतिनीधि सभा सभापति कञ्चनचन्द्र बादे,क्षेत्रिय सभापति एबं पाँचखालका मेयर महेश खरेल, प्रदेश सभा उमेदवार गणेश लामा, काँग्रेस नेता तिर्थ पसखल , महेश पौडेल लगायतले बि.पीको प्रजातान्त्रिक आन्दोलनमा गरेको आन्दोलनका बारेमा चर्चा गरेका थिए .कार्यक्रम बि.पी बिचार समाज

काभ्रे पनौतीका अध्यक्ष प्रल्हाद के.सीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
यसै गरि बनेपा नगर समितिले साेेहि अवसर पारेर रक्तदान कार्यक्रम गरेकाे थियो ।

याे पनि पढ्नुस….

प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको ३८औँ स्मृति दिवसका अवसरमा  सभापति शेररबहादुर  देउवाले बिपीप्रति श्रद्धासुमन व्यक्त गर्दै लोकतान्त्रिक समावजादको बाटो अंगालेर विकास, न्याय र समानताको बाटोमा काँग्रेस अग्रसर रहने बताए ।

यसैगरी काँग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले बिपीले नैतिकता बिनाको राजनीतिले कहीँकतै पुर्याउँदैन भन्ने गर्नुभएको स्मरण गर्दै राजनीतिमा पहिलो अनिवार्य योग्यता नै नैतिकता भएको उल्लेख गरे ।
बिपी राजनेता, कथाकार, उपन्यासकारका साथै कला साहित्य र सङ्गीतमा समेत लगाव भएको बहुआयामिक व्यक्तित्वका धनी थिए । उनले सदैव आफूभन्दा पार्टी, पार्टीभन्दा देशलाई महत्व दिने संस्कारको विकास गर्नुभएको थियो । काँग्रेसले देशैभर विभिन्न कार्यक्रम गरी बिपीको ३८औँ स्मृति दिवस मनाइरहेको छ।
जननेता साहित्यकार विश्वेश्वर प्रसाद काेईरालकाे जन्म(इ.सं.८ सेप्टेम्बर १९१४ र मृत्यु २१ जुन १९८२ मा काठमाडौंमा भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *