१४ औं महाधिवेशनको कार्यतालिका स्थगित ,देउवा पक्षलाई चेतावनी विज्ञप्ति

  •   काभ्रे
  •   १० श्रावण २०७८, आईतवार
  •   खबर न्युज नेपाल
0Shares

नेपाली कांग्रेस जिल्ला सभापति एवं महासमिति सदस्यहरुको तर्फबाट जारी 

                    प्रेस विज्ञप्ति

नेपाली कांग्रेसका लाखौं क्रियाशील सदस्यले ब्यग्र प्रतिक्षा गरेको पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका स्थगित गरिएको खबर प्रति हाम्रो गंभीर ध्यानाकर्षण भएको छ। यसप्रकारको कदमले पार्टीको लोकतान्त्रिक छवीमा असामान्य आघात पुगेको र नयाँ पुराना सम्पूर्ण पार्टी सदस्यको चाहना अनुरुप सबैखाले चुनौतीको सामना गर्नसक्ने नीति र नेताबारे निर्णय गर्ने ऐतिहासिक अवसरबाट पार्टी चुकेको छ।

पार्टीको १३ औं महाधिवेशनबाट गठन भएको वर्तमान केन्द्रीय कार्यसमितिले विश्वब्यापि लोकतान्त्रिक विकेन्द्रीकरणको सिध्दान्त र विधानका प्रष्ट ब्यवस्था विपरीत जिल्ला कार्यसमिति लगायत पार्टीका तल्ला तहहरुको भूमिकालाई कमजोर बनाउँदै लगेको, महासमिति बैठकको निर्णयहरुलाई हठात् उल्टाएको, विधान विपरीत छ्यापछ्याप्ति विना मापदण्डका नियुक्ति पत्रहरु बाँड्दै हिडेको, पार्टीमा लामो समय काम गरेका नेता एवं सदस्यहरुको अपमान तथा तेजोवध गरेको र अराजनीतिक आधार एवं स्वार्थको जगमा  राजनीतिक अवसर र भूमिका प्रदान गरिएका बर्गेल्ती घटनाहरुले देसभरिका साथीहरुको मन कुँडिइरहेको बेलामा अहिले महाधिवेशनको मुखमा आएर क्रियाशील सदस्यता छानवीनका नाममा अनियमितताले सीमा नाघेको छ।

विधानको धारा ४ को उपधारा ८ (ग) मा उल्लेखित “क्रियाशील सदस्यता प्रारम्भिक छानवीन समिति” को अधिकारमाथि ठाडो हस्तक्षेप गरियो र षडयन्त्रपूर्वक सोझै “केन्द्रीय क्रियाशील सदस्यता छानवीन समिति” मा उजुरी राख्न सूचना निकालियो। सबै अधिकारलाई केन्द्रीकरण गर्ने र आफुखुसी हेराफेरी गर्ने डरलाग्दो सृंखला जारी छ।

सफ्टवेयर प्रयोगको सकारात्मक प्रयत्नमाथि एकतर्फी रुपबाट दुरुपयोगको खतरा झनै बढ्दै गएको छ। पार्टी संस्थापनको दवाव र प्रभावका आधारमा वडादेखि प्रकृयागत रुपबाट आएका नामावलिको अलावा पनि नामहरु ईन्ट्री भएको, प्रक्रिया पुगेका कतिपय नामहरु हटाइएको, शतप्रतिशतभन्दा बढी समेत ईन्ट्री भएको, समायोजनका नाममा विधि र औचित्य नाघेर निर्णय भएको, ठाऊँ हेरी समान प्रकृतिका समस्यामा विपरित निर्णय भएको र समग्रमा पार्टी संस्थापनको स्वार्थलाई केन्द्रविन्दुमा राखेर पक्षपातपूर्ण काम भैरहेको छ।

अविलम्व सम्पूर्ण नामावली सूची सार्वजनिक गर्न, त्रुटिपूर्ण तथा अन्यायपूर्ण नामावलीलाई विधानसम्मत सच्याउने मौका प्रदान गर्न र पारदर्शी रुपले सदस्यता सम्वन्धी समस्याको निराकरण गर्न केन्द्रीय नेतृत्वको ध्यानाकर्षण गराउन चाहन्छौं। साथै, विधान र मापदण्ड विपरित क्रियाशील सदस्यता थोपरिएमा हुनसक्ने कुनैपनि दुष्परिणामका प्रति स्वयं नेतृत्व जिम्मेवार रहने तथ्य समेत स्पष्ट गर्न चाहन्छौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *