१२ वर्षे मकर मेलामा असर ,२५ जना भन्दा बढि भेला हुने नपाउने डिसिएमसीकाे निर्णय

  •   काभ्रे
  •   २७ पुष २०७८, मंगलवार
  •   खबर न्युज नेपाल
0Shares

काभ्रेपलाञ्चाेक जिल्लाको पनौती नगरपालिकामा लाग्ने १२ वर्षे मकर मेलामा २५ जना भन्दा बढि भेला भएर स्नान गर्न नपाइने भएको छ । आज बसेको जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी)ले मेलामा २५ जना भन्दा बढि भेला भएर स्नान गर्न नपाइने निर्णय गरेको छ ।

पनौती नगरपालिकाको वडा नं ७ स्थि त्रिवेणीघाट क्षेत्रमा माघ महिनाभर सञ्चालन हुने १२ वर्षे मकर मेलाको सम्बन्धमा मेलाको कार्यक्रम नगर्ने तथा २५ जना भन्दा कम र भिडभाड नहुने गरी स्वास्थ्य सम्बन्धि सम्पूर्ण सुरक्षा मापदण्ड अपनाई भक्तजनहरुलाई मकर स्नान मात्र गर्ने व्यवस्थान मिलाइने बैठकले निर्णय गरेको छ । उक्त कार्यका लागि सुरक्षा निकाय, पनौती नगरपालिका, मेला आयोजक समितिसँग समन्वय गरिनेछ ।

बैठकले सार्वजनिक स्थलमा सबै प्रकारका भेला तथा धेरै जना उपस्थित हुने गरी कार्याक्रमहरु नगर्न, मेला, महोत्सवहरु नगर्न काभ्रेका १३ वटै स्थानीय तहका सरोकारवाला निकायलाई अनुरोध गरेको छ ।

त्यस्तै माघ ७ गतेदेखि सार्वजनिक स्थल (कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला पार्का लगायतका क्षेत्र)मा प्रवेशका लागि अनिवार्य रुपमा कोरोनाको खोप कार्ड (मोबाइलमा फोटो भए हुने)देखाउनुपर्ने बैठकबाट निर्णय भएको छ ।

जिल्ला स्थित धुलिखेल अस्पताल, मंगलटार र दोलालघाट क्षेत्रमा एन्टिजेन टेष्ट बुथ स्थापना गरी निःशुल्क एन्टिजेन परीक्षणका व्यवस्था मिलाइने निर्णय बैठकले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *